राज शाही शुक्रबार, भाद्र ११, २०७८ मा प्रकाशित

म्याद सकिएका र बजारमा सामानको मुल्य मंहगिएको गुनासो आए पछि हिमाली जिल्ला हुम्लामा बजार अनुगमन गरिएको छ । बजार अनुगमन समितिका सदस्य सचिव  एव उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय प्रमुख धुर्व कुमार बाठामगर र सहाय प्रमुख जिल्ला अधिकारी दसरथ राईको संयोजगत्वमा दुइ समुह बनाइ सुक्रबार जिल्ला सदरमुकाम सिमकोटका बजारमा स्थापित पसलहरुको अनुगमन गरीएको हो ।

अनुगमनका क्रममा यस अघि भन्दा यति वेला बजारमा म्याद गएका सामानहरु बढी फेला नपरेको सदस्य सचिव बाठामगरले  बताएका छन । यस अघि ठुलो परिमाणमा सिमकोट बजारमा म्याद गुज्रेका सामाग्री फेला परेका थिए भने यस पटक चामल १ बोरा अन्य विष्कुट चाउ चाउ लगाएतका न्युन मात्रामा म्याद गएका सामाग्री भेटिएको र सुक्रबार वेलुका नष्ट गरिएको छ ।

सुक्रबार विहान ८ वजेबाट जिल्ला सदरमुकाममा स्थापित पसलहरुको दर्ता प्रमाण पत्र,करचुक्ता प्रमाण पत्र लगाएतका कागजात समेतको अनुगमन गरिएको थियो । अधिकाँस पसलमा फेन्सी खाध्य पर्दाथ संगै मदिरा जन्य पर्दाथ पसलमा राखिएको भए पनि केही पसल वाहेक अन्य पसलमा मदिरा अनुमती पत्र नभएको पाइएको थियो ।

पहिलो पटकका लागी यसो नगर्न चेतावनी समेत दिएको र पछिल्लो अनुगमनमा कि मदिरा नराख्न र राखेमा मदिरा विक्रिका लागी अनुमती पत्र पनि राख्नु पर्ने सुझाव दिएको थियो । किराना पसल संगै मासु समेत बिक्री गरेको पाइएकाले मासु बिक्री अलग गर्न पनि सुझाव दिइएको थियो ।

यो पटक सुझा दिइएको र यो भन्दा पछि यस किसिमका कार्य गरेको पाइएमा कानूनी कार्वाहीका लागी पहल गरीने सोही अनुगमन समितिका संयोजक एव उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय प्रमुख धुर्व कुमार वाठामगरले जानकारी दिएका छन् । अनुगमनमा पत्रकार र सरोकारवाला निकायका पदाधिकारी संगै सुरक्षाकर्मीको सहभागीता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९