राज शाही शुक्रबार, भाद्र ११, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

म्याद सकिएका र बजारमा सामानको मुल्य मंहगिएको गुनासो आए पछि हिमाली जिल्ला हुम्लामा बजार अनुगमन गरिएको छ । बजार अनुगमन समितिका सदस्य सचिव  एव उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय प्रमुख धुर्व कुमार बाठामगर र सहाय प्रमुख जिल्ला अधिकारी दसरथ राईको संयोजगत्वमा दुइ समुह बनाइ सुक्रबार जिल्ला सदरमुकाम सिमकोटका बजारमा स्थापित पसलहरुको अनुगमन गरीएको हो ।

अनुगमनका क्रममा यस अघि भन्दा यति वेला बजारमा म्याद गएका सामानहरु बढी फेला नपरेको सदस्य सचिव बाठामगरले  बताएका छन । यस अघि ठुलो परिमाणमा सिमकोट बजारमा म्याद गुज्रेका सामाग्री फेला परेका थिए भने यस पटक चामल १ बोरा अन्य विष्कुट चाउ चाउ लगाएतका न्युन मात्रामा म्याद गएका सामाग्री भेटिएको र सुक्रबार वेलुका नष्ट गरिएको छ ।

सुक्रबार विहान ८ वजेबाट जिल्ला सदरमुकाममा स्थापित पसलहरुको दर्ता प्रमाण पत्र,करचुक्ता प्रमाण पत्र लगाएतका कागजात समेतको अनुगमन गरिएको थियो । अधिकाँस पसलमा फेन्सी खाध्य पर्दाथ संगै मदिरा जन्य पर्दाथ पसलमा राखिएको भए पनि केही पसल वाहेक अन्य पसलमा मदिरा अनुमती पत्र नभएको पाइएको थियो ।

पहिलो पटकका लागी यसो नगर्न चेतावनी समेत दिएको र पछिल्लो अनुगमनमा कि मदिरा नराख्न र राखेमा मदिरा विक्रिका लागी अनुमती पत्र पनि राख्नु पर्ने सुझाव दिएको थियो । किराना पसल संगै मासु समेत बिक्री गरेको पाइएकाले मासु बिक्री अलग गर्न पनि सुझाव दिइएको थियो ।

यो पटक सुझा दिइएको र यो भन्दा पछि यस किसिमका कार्य गरेको पाइएमा कानूनी कार्वाहीका लागी पहल गरीने सोही अनुगमन समितिका संयोजक एव उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय प्रमुख धुर्व कुमार वाठामगरले जानकारी दिएका छन् । अनुगमनमा पत्रकार र सरोकारवाला निकायका पदाधिकारी संगै सुरक्षाकर्मीको सहभागीता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९