राज शाही आइतबार, साउन ३१, २०७८ मा प्रकाशित

लेखा पढी व्यवसायी सम्बन्धीको तालिम हुम्ला जिल्ला अदालतमा आजबाट सुरु भएको छ । हुम्ला जिल्ला अदालतको आयोजनामा सो तालिम सुरु भएको हो । २ दिन सम्म संचालन हुने तालिममा स्थानिय सरकार संचालन ऐन, देवानी, फौजदारी मुद्दाको बारेमा जानकारी गराइएको छ ।

देवानी, फौजदारी  मुद्भदा न्नाले के वुझीन्छ । फिराद, जाहेरी लेख्दा अपनाउनु पर्ने प्रक्रिया, कपाली तमसुक, वारेस, हक दैया, हदम्याद, कस्तो मुद्दामा वारिस राख्न मिल्छ, कस्तो मुद्दामा वारेस राख्न मिल्दैन भन्ने बारेमा हुम्ला जिल्ला अदालतका तामेलदार डिठ्ठा राज शाहीले प्रशिक्षण गराएका थिए ।

करिव ५० जनाको सहभागिता रहेको उक्त तालिममा स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ४७ को उपदफा १ र २ का बारेमा हुम्ला जिल्ला अदालतका वैतनिक कानून व्यवसायी राजन चन्दले प्रस्तुती गरेकी थिइन ।

मुद्दा दर्ता प्रक्रिया र फिराद प्रतिउत्तर दस्तुरका बारेमा हुम्ला जिल्ला अदालतका नासु विसन रोकायाले प्रशिक्षण गरेका थिए । देवानी फौजदारी लिखत सम्बन्धी लगाएत अन्य कानून सम्बन्धीत विषयका बारेमा हुम्ला जिल्ला अदालतका श्रेस्तेदार उपसचिव कमल कुमार आचार्यले प्रस्तुतीकरण गरेका थिए ।

आइतबार दिनको १ वजेबाट संचालन भइ अहिले बेलुका ६ बजे सम्पन्न भएको थियो । दिउस गर्दा अदालतको काम कार्यमा प्रभावित हुने भएकाले सोमबार विहन ७ वजेबाट उक्त कक्षा संचालन हुने भएको छ ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९