राज शाही शुक्रबार, साउन २९, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

हिमाली जिल्ला हुम्लामा महिला स्वयमसेवीकालाई २ दिने तालीम संचालन भएको छ । तालिम हुम्ला जिल्लाको प्रदेश नं ख को खार्पुनाथ गाउँ पालिकामा भएको हो । २ दिन सम्म संचालन हुने महिला स्वयम सेविका सहभागी भएको तालिममा पोषण तथा सामाजिक व्यवहार संचार परिवर्तन सम्बन्धि अभिमुखी करण गराइने खार्पुनाथ गाउँ पालिका स्वास्थ्य संयोजक वलिराज शाहीले बताएका छन् ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग र सप्रोस नेपालको प्राविधिक सहयोगमा उक्त तालिम संचालन भएको हो । तालीमलाई खार्पुनाथ गाउँ पालिका स्वास्थ्य संयोजक वलिराज शाही,  सप्रोस नेपालका उमेस साउद र जिल्ला स्वास्थ्य सेवा कार्यालयका नन्दबहादुर शाहीले सहभागी २६ जना महिला स्वयम सेविकालाई प्रशिक्षण गराएका थिए ।

तालिम आजबाट सुरु भइ भोली साउन ३० गते सम्पन्न हुने भएको छ ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९