राज शाही शुक्रबार, साउन २९, २०७८ मा प्रकाशित

हिमाली जिल्ला हुम्लामा महिला स्वयमसेवीकालाई २ दिने तालीम संचालन भएको छ । तालिम हुम्ला जिल्लाको प्रदेश नं ख को खार्पुनाथ गाउँ पालिकामा भएको हो । २ दिन सम्म संचालन हुने महिला स्वयम सेविका सहभागी भएको तालिममा पोषण तथा सामाजिक व्यवहार संचार परिवर्तन सम्बन्धि अभिमुखी करण गराइने खार्पुनाथ गाउँ पालिका स्वास्थ्य संयोजक वलिराज शाहीले बताएका छन् ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग र सप्रोस नेपालको प्राविधिक सहयोगमा उक्त तालिम संचालन भएको हो । तालीमलाई खार्पुनाथ गाउँ पालिका स्वास्थ्य संयोजक वलिराज शाही,  सप्रोस नेपालका उमेस साउद र जिल्ला स्वास्थ्य सेवा कार्यालयका नन्दबहादुर शाहीले सहभागी २६ जना महिला स्वयम सेविकालाई प्रशिक्षण गराएका थिए ।

तालिम आजबाट सुरु भइ भोली साउन ३० गते सम्पन्न हुने भएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९