राज शाही बिहिबार, साउन २८, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

नेकपा माओवादी निकट वाईसिएलको सिमकोट गाउँपालिका स्तरीय समिति गठन गरिएको छ । दुई दिनसम्म चलेको गाउँपालिका स्तरीय भेलाले ५१ सदस्यीय गाउँपालिका स्तरीय समिति गठन गरेको हो । नब गठित वाईसिएल अध्यक्ष पुस्कल शाहीको नेतृत्वमा ५१ सदस्यीय वाईसिएल गठन गरिएको नेकपा माओवादी केन्द्र हुम्ला जिल्ला ख नं प्रदेशका इन्चार्ज महेन्द्र बहादुर शाही (अविराम)ले जानकारी दिएका छन् ।

वुधबारबाट जिल्ला समन्वय समितिको सभाहल सिमकोटमा सञ्चालन भएको भेलाले विहिवार सो समिति गठन गरेको हो । त्यसै गरि वडा र सेल कमिटि पनि गठन गरिएको छ । सिमकोट गाउँ पालिकामा ८ वटा वडा रहेका छन् । इन्चार्ज शाहीले अब जिल्लाका गाउँपालिमा वाईसिएल गठन कार्य चाँडै हुने बताए छन । सबै गाउँपालिकामा गठन भएपछि जिल्ला स्तरीय भेलाबाट जिल्लाको नेतृत्व पनि गठन हुने बताईएको छ । यसअघि माओवादी युद्धको झल्को दिने सिमकोटका वाईसिएलले मार्चपास अभियान सञ्चालन गरेको थियो । संगठन बिस्तार गर्ने भन्दै मार्चपास सहित सो संगठन व्यूताउन लागिएको हो ।

आजै नेपाल कम्युनिष्ट पाटी एमाले बाट सिमकोट गाउँ पालिकाका ८ वटा वडा बाट १७ जना नेपाल कम्युनिष्ट पाटी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नव प्रवेशीलाई नेकपा माओवादीका नेता तथा कार्यकर्ताले फुलमाल अविर लगाइ भव्य रुपमा स्वागत गरेको पाटी सदस्य मन्दिर सिंहले बताएका छन् ।

सर्वोच्च अदालतको फैसलापछि नेकपाबाट माउ पार्टी माओवादी केन्द्र पुनर्स्थापित भएसँगै केन्द्र हुँदै जिल्ला, स्थानीय तह, वडासम्म वाईसीएल पनि ब्युँतिएको हो । जिल्ला संगठनलाई सुदृढिकरण गर्दै वडाको विकास, समृद्विमा पार्टी पंक्ति, जनर्वर्गीय संगठन बिस्तार तथा भेलाको आयोजना जिल्ला देखि वडसम्म गठन गर्ने क्रममा वाईसिएक गठन गरिएको जनाईएको छ ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९