राज शाही बिहिबार, साउन २८, २०७८ मा प्रकाशित

नेकपा माओवादी निकट वाईसिएलको सिमकोट गाउँपालिका स्तरीय समिति गठन गरिएको छ । दुई दिनसम्म चलेको गाउँपालिका स्तरीय भेलाले ५१ सदस्यीय गाउँपालिका स्तरीय समिति गठन गरेको हो । नब गठित वाईसिएल अध्यक्ष पुस्कल शाहीको नेतृत्वमा ५१ सदस्यीय वाईसिएल गठन गरिएको नेकपा माओवादी केन्द्र हुम्ला जिल्ला ख नं प्रदेशका इन्चार्ज महेन्द्र बहादुर शाही (अविराम)ले जानकारी दिएका छन् ।

वुधबारबाट जिल्ला समन्वय समितिको सभाहल सिमकोटमा सञ्चालन भएको भेलाले विहिवार सो समिति गठन गरेको हो । त्यसै गरि वडा र सेल कमिटि पनि गठन गरिएको छ । सिमकोट गाउँ पालिकामा ८ वटा वडा रहेका छन् । इन्चार्ज शाहीले अब जिल्लाका गाउँपालिमा वाईसिएल गठन कार्य चाँडै हुने बताए छन । सबै गाउँपालिकामा गठन भएपछि जिल्ला स्तरीय भेलाबाट जिल्लाको नेतृत्व पनि गठन हुने बताईएको छ । यसअघि माओवादी युद्धको झल्को दिने सिमकोटका वाईसिएलले मार्चपास अभियान सञ्चालन गरेको थियो । संगठन बिस्तार गर्ने भन्दै मार्चपास सहित सो संगठन व्यूताउन लागिएको हो ।

आजै नेपाल कम्युनिष्ट पाटी एमाले बाट सिमकोट गाउँ पालिकाका ८ वटा वडा बाट १७ जना नेपाल कम्युनिष्ट पाटी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नव प्रवेशीलाई नेकपा माओवादीका नेता तथा कार्यकर्ताले फुलमाल अविर लगाइ भव्य रुपमा स्वागत गरेको पाटी सदस्य मन्दिर सिंहले बताएका छन् ।

सर्वोच्च अदालतको फैसलापछि नेकपाबाट माउ पार्टी माओवादी केन्द्र पुनर्स्थापित भएसँगै केन्द्र हुँदै जिल्ला, स्थानीय तह, वडासम्म वाईसीएल पनि ब्युँतिएको हो । जिल्ला संगठनलाई सुदृढिकरण गर्दै वडाको विकास, समृद्विमा पार्टी पंक्ति, जनर्वर्गीय संगठन बिस्तार तथा भेलाको आयोजना जिल्ला देखि वडसम्म गठन गर्ने क्रममा वाईसिएक गठन गरिएको जनाईएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९