राज शाही बुधबार, साउन २७, २०७८ मा प्रकाशित

बुधवार बेलुका  भएको छ । सुर्खेतबाट काग्रोको सामान ढुवानी गरि रहेको जहाज बिमान स्थलको रन वेमा अबरण गर्ने क्रममा टायर पन्चर्ड भएको हो ।

नागरिक उड्डयान प्राधिकरण सिमकोट शाखाका प्रबन्ध मोहन गिरीका अनुसार रन वेयमा ल्याण्ड गरि सकेको जहाजको पार्किङ स्थलमा लयाउनका लागि बिमान स्थलको पश्चिमी क्षेत्रमा मोड्ने क्रममा टायर पन्चर्ड भएको हो । जहाजको पछाडीको टायर पन्चर्ड भएपछि जहाज घिस्रेको थियो ।

बिमानमा सवार चालक दलका सदस्यहरु सकुशल रहेका छन् । यसबाट संभावित दुर्घटनाबाट सीता एयर जोगिएको छ । चालक दलका सदस्यहरु मात्र रहेको सीता एयरको नाईन.एन.एएचडी डोनिएर बिमान रहेको छ । बिमानको टायर पन्चर्ड भएपनि अन्य केही क्षेती नभएको बिमानस्थलले जनाएको छ ।

उक्त जहाजलाई मानिस मिलेर टायर पन्चर्ड भएको स्थानबाट घचेट्दै पार्किङ स्थलसम्म ल्याईएको छ । नेपालगंज वा सुर्खेतबाट नयाँ टाएर ल्याउने तयारी भई रहेको सीता एयरले जनाएको छ । यसअघि सो जहाजले नेपालगंज र सुर्खेतबाट सिमकोटका लागि उडान भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९