राज शाही शुक्रबार, साउन २२, २०७८ मा प्रकाशित

नेकपा माओवादी निकट वाईसिएलको ताँजाकोट गाउँपालिका स्तरीय समिति गठन गरिएको छ । दुई दिनसम्म चलेको गाउँपालिका स्तरीय भेलाले ७५ सदस्यीय गाउँपालिका स्तरीय समिति गठन गरेको हो । नब गठित वाईसिएल अध्यक्ष गणेश मल्लको नेतृत्वमा ७५ सदस्यीय वाईसिएल गठन गरिएको नेकपा माओवादी केन्द्य्रका अध्यक्ष लालकेश जैशीले जानकारी दिएका छन् ।

बिहीबारबाट पालिका केन्द्र छप्रेलामा सञ्चालन भएको भेलाले सो समिति गठन गरेको हो । त्यसै गरि २९ सदस्यीय वडा र सेल कमिटि पनि गठन गरिएको छ । ताँजाकोटमा पाँच वटा वडा रहेका छन् । अध्यक्ष जैशीले अब जिल्लाका छ वटा गाउँपालिका वाईसिएल गठन कार्य चाँडै हुने बताए ।

सबै गाउँपालिकामा गठन भएपछि जिल्ला स्तरीय भेलाबाट जिल्लाको नेतृत्व पनि गठन हुने बताईएको छ । यसअघि माओवादी युद्धको झल्को दिने ताँजाकोटका वाईसिएलले मार्चपास अभियान सञ्चालन गरेको थियो । संगठन बिस्तार गर्ने भन्दै मार्चपास सहित सो संगठन व्यूताउन लागिएको हो ।

सर्वोच्च अदालतको फैसलापछि नेकपाबाट माउ पार्टी माओवादी केन्द्र पुनर्स्थापित भएसँगै केन्द्र हुँदै जिल्ला, स्थानीय तह, वडासम्म वाईसीएल पनि ब्युँतिएको हो । जिल्ला संगठनलाई सुदृढिकरण गर्दै वडाको विकास, समृद्विमा पार्टी पंक्ति, जनर्वर्गीय संगठन बिस्तार तथा भेलाको आयोजना जिल्ला देखि वडसम्म गठन गर्ने क्रममा वाईसिएक गठन गरिएको जनाईएका छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९