राज शाही सोमबार, साउन १८, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला जिल्लामा फुटबल प्रशिक्षण सुरु भएसंगै स्थानीय प्रशिक्षकको तालिम पनि सुरु भएको छ । सधै बाहिरको प्रशिक्षक ल्याउन र आउन आर्थिक तथा प्राबिधिक रुपमा कठिनाई हुने देखिएपछि स्थानीय प्रशिक्षक तयार गर्न तालिमको व्यवस्था गरिएको हो । २ हप्ताका लागि छ जना पुर्ब फुटबल खेलाडी समेत रहेका व्यक्तिहरु सहभागि गराएर फुटबल प्रशिक्षक प्रशिक्षण कार्य सुरु भएको हो ।

हुम्ला फुटबल एकेडेमीको आयोजनामा सुरु भएको सो कार्यक्रममा चार जनाको सहभागिता रहेको छ । यसरी फुटबल प्रशिक्षकका लागि प्रशिक्षण तालिम पहिलो पटक सञ्चालन भएको हो ।

एकेडेमीका अध्यक्ष बिष्णु बहादुर रावतका अनुसार खेलाडीको फुटबल खेल बिकासका लागि स्थानीय प्रशिक्षक आबश्यक पर्ने र सो व्यवस्थाका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताए । स्थानीय प्रशिक्षक उत्पादन भए बाह्रै महिना फुटबलको प्रशिक्षण गर्न सहज हुने उनले बताए । उनीहरुलाई सैद्धान्तिक र प्रयोगात्मक ज्ञान समेत दिईनेछ ।

यसका लागि प्रशिक्षण दिन फिफाबाट लाईसेन्स प्राप्त प्रशिक्षक मदन बुढ्थापा जिल्लामा आएर सहजिकरण गरि रहेका छन् । त्यो संगै बिहान बेलुकाको समयमा साना ठुला खेलाडीका लागि उनले प्रशिक्षण दिने काम पनि गरि रहेका छन् । प्रशिक्षक बुढथापाले प्रशिक्षणमा भाग लिएका खेलाडीको स्तर हेर्दा सकरात्मक देखिएको पहिलो दिनको खेलाडीको गतिबिधि हेर्दा संकेत राम्रो मिलेको बताए ।

यो प्रशिक्षण कार्यक्रम महिला खेलाडीको लागि पनि भइरहेको छ । खेल सामाग्रीको व्यवस्था एकेडेमीले गरेको छ । प्रशिक्षण कार्यक्रम दुई हप्तासम्म जारी रहनेछ ।

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९