राज शाही सोमबार, साउन १८, २०७८ मा प्रकाशित

हुम्ला जिल्लामा फुटबल प्रशिक्षण सुरु भएसंगै स्थानीय प्रशिक्षकको तालिम पनि सुरु भएको छ । सधै बाहिरको प्रशिक्षक ल्याउन र आउन आर्थिक तथा प्राबिधिक रुपमा कठिनाई हुने देखिएपछि स्थानीय प्रशिक्षक तयार गर्न तालिमको व्यवस्था गरिएको हो । २ हप्ताका लागि छ जना पुर्ब फुटबल खेलाडी समेत रहेका व्यक्तिहरु सहभागि गराएर फुटबल प्रशिक्षक प्रशिक्षण कार्य सुरु भएको हो ।

हुम्ला फुटबल एकेडेमीको आयोजनामा सुरु भएको सो कार्यक्रममा चार जनाको सहभागिता रहेको छ । यसरी फुटबल प्रशिक्षकका लागि प्रशिक्षण तालिम पहिलो पटक सञ्चालन भएको हो ।

एकेडेमीका अध्यक्ष बिष्णु बहादुर रावतका अनुसार खेलाडीको फुटबल खेल बिकासका लागि स्थानीय प्रशिक्षक आबश्यक पर्ने र सो व्यवस्थाका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताए । स्थानीय प्रशिक्षक उत्पादन भए बाह्रै महिना फुटबलको प्रशिक्षण गर्न सहज हुने उनले बताए । उनीहरुलाई सैद्धान्तिक र प्रयोगात्मक ज्ञान समेत दिईनेछ ।

यसका लागि प्रशिक्षण दिन फिफाबाट लाईसेन्स प्राप्त प्रशिक्षक मदन बुढ्थापा जिल्लामा आएर सहजिकरण गरि रहेका छन् । त्यो संगै बिहान बेलुकाको समयमा साना ठुला खेलाडीका लागि उनले प्रशिक्षण दिने काम पनि गरि रहेका छन् । प्रशिक्षक बुढथापाले प्रशिक्षणमा भाग लिएका खेलाडीको स्तर हेर्दा सकरात्मक देखिएको पहिलो दिनको खेलाडीको गतिबिधि हेर्दा संकेत राम्रो मिलेको बताए ।

यो प्रशिक्षण कार्यक्रम महिला खेलाडीको लागि पनि भइरहेको छ । खेल सामाग्रीको व्यवस्था एकेडेमीले गरेको छ । प्रशिक्षण कार्यक्रम दुई हप्तासम्म जारी रहनेछ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९