राज शाही आइतबार, साउन १७, २०७८ मा प्रकाशित

अग्ला लेकमा पुगेर चौरी गाई सहित अन्य पशुबस्तुको उपचार गरिएको छ । वर्खा लाखेसंगै संभावित पशुबस्तुमा देखिन सक्ने रोग बिरुद्ध उपचार गरिएको हो । नाम्खा गाउँपालिका – ३ का पेमा लामा चौरी सहितका पशुबस्तुमा रोगहरु देखिन थालेपछि पशु स्वास्थ्यकर्मी आएर उपचार गर्ने कार्य भएको जानकारी दिईन ।

नाम्खा गाउँपालिकको रानी खर्कको उच्च पाटनमा पुगेर पशुको उपचार गरिएको हो । उनले दैनिक वर्षा हुने र पशुमा संभावित देखिन सक्ने रोक बिरुद्ध उपचार गरिएको बताएकी छन् । नाँम्खा, खार्पुनाथ र सिमकोट गाउँपालिका पशुपालक किसानहरु गत जेठ महिनायता रानी खर्कमा अस्थायी रुपमा पशुपालन गर्दै  आएका छन ।

गाउँपालिका पशु स्वास्थ्य शाखाका संयोजक पठाने बुढाले तीन दिनमा दुई हजार ७१५ वटा पशुको उपचार गरिएको  जानकारी दिएका हुन ।  शाखामा पशु बिरामी भएको खबर आएपछि पशु स्वास्थ्यकर्मीको टोली औषधी बोकेर खर्कमा पुगेर उपचार गरेको जनाएको छ । पाँच हजारको संख्यामा पशु भएपनि बिरामी भएका पशुको उपचार तथा औषधी बितरण गरिएको शाखाले जनाएको छ ।

खर्कमा पुगेर उपचार गरिएका पशुबस्तुहरुमा गाई घोडा पचास, याब र नाक चालीस, जुमा झोपा दुई सय, बाछा बाछी १२०, घोडा ५५ र अन्य पशु दुई हजार २५० रहेको जनाएका छन् । पशु पालनका लागि निक्कै उपयोगी रहेको  रानी खर्कमा पशुहरुमा जिवाणुबाट हुने रोग, आँखाको रोग, घाउँखटिरा, बिषाणुबाट हुने रोग र परजिवी हुने रोग  लागेको र त्यसको उपचार गरिएको हो । पशुमा रोग लाग्ने क्रम बढ्न थालेपछि गाउँपालिकामा खवर गरिएको थियो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९