राज शाही आइतबार, साउन १७, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

अग्ला लेकमा पुगेर चौरी गाई सहित अन्य पशुबस्तुको उपचार गरिएको छ । वर्खा लाखेसंगै संभावित पशुबस्तुमा देखिन सक्ने रोग बिरुद्ध उपचार गरिएको हो । नाम्खा गाउँपालिका – ३ का पेमा लामा चौरी सहितका पशुबस्तुमा रोगहरु देखिन थालेपछि पशु स्वास्थ्यकर्मी आएर उपचार गर्ने कार्य भएको जानकारी दिईन ।

नाम्खा गाउँपालिकको रानी खर्कको उच्च पाटनमा पुगेर पशुको उपचार गरिएको हो । उनले दैनिक वर्षा हुने र पशुमा संभावित देखिन सक्ने रोक बिरुद्ध उपचार गरिएको बताएकी छन् । नाँम्खा, खार्पुनाथ र सिमकोट गाउँपालिका पशुपालक किसानहरु गत जेठ महिनायता रानी खर्कमा अस्थायी रुपमा पशुपालन गर्दै  आएका छन ।

गाउँपालिका पशु स्वास्थ्य शाखाका संयोजक पठाने बुढाले तीन दिनमा दुई हजार ७१५ वटा पशुको उपचार गरिएको  जानकारी दिएका हुन ।  शाखामा पशु बिरामी भएको खबर आएपछि पशु स्वास्थ्यकर्मीको टोली औषधी बोकेर खर्कमा पुगेर उपचार गरेको जनाएको छ । पाँच हजारको संख्यामा पशु भएपनि बिरामी भएका पशुको उपचार तथा औषधी बितरण गरिएको शाखाले जनाएको छ ।

खर्कमा पुगेर उपचार गरिएका पशुबस्तुहरुमा गाई घोडा पचास, याब र नाक चालीस, जुमा झोपा दुई सय, बाछा बाछी १२०, घोडा ५५ र अन्य पशु दुई हजार २५० रहेको जनाएका छन् । पशु पालनका लागि निक्कै उपयोगी रहेको  रानी खर्कमा पशुहरुमा जिवाणुबाट हुने रोग, आँखाको रोग, घाउँखटिरा, बिषाणुबाट हुने रोग र परजिवी हुने रोग  लागेको र त्यसको उपचार गरिएको हो । पशुमा रोग लाग्ने क्रम बढ्न थालेपछि गाउँपालिकामा खवर गरिएको थियो ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९