राज शाही शनिबार, साउन १६, २०७८ मा प्रकाशित

हुम्ला

कोरोना त्रास मत्थर हुँदा हिमाली जिल्ला हुम्लामा फुटबल प्रशक्षिण सुरु भएको छ । संभावना भएका साना र ठुला खेलाडीको लागि जिल्लामा पहिलो पटक उक्त प्रशिक्षण कार्यक्रम सुरु भएको हो । सिमकोट स्थित खेल मैदानमा हुम्ला फुटबल एकेडेमीको आयोजनामा बिहीबारबाट छ देखि १३ वर्ष र १३ वर्षदेखि माथिका उमेर समुह बनाएर प्रशिक्षण सुरु भएको एकेडेमीका सदस्य बुद्धि रोकायाले बताए ।

दुई घण्टासम्म सञ्चालन हुने सो प्रशिक्षण कार्यक्रम बिहान र बेलुका गरि दुई चरणमा सुरु गरिएको छ । प्रशिक्षणको पहिलो दिन दुबै समुहका लागि तीस जना खेलाडीहरुको सहभागिता रहेको छ । प्रशिक्षणका लागि सानो उमेरका खेलाडीको लागि पुर्ण रुपमा निशुल्क गरिएको छ भने १८ वर्ष माथिका लागि भर्ना शुल्क लिने गरिएको छ ।

यो प्रशिक्षण कार्यक्रम महिला खेलाडीको लागि पनि हुनेछ । खेल सामाग्रीको व्यवस्था एकेडेमीले गरेको छ । प्रशिक्षण कार्यक्रम दुई हप्तासम्म जारी रहनेछ । यसका लागि प्रशिक्षण दिन फिफाबाट लाईसेन्स प्राप्त प्रशक्षक मदन बुढ्थापा हुम्ला आएर सो काम गरि गरेका छन् । ९ हजार १ सय ५० मिटर उचाईमा प्रशिक्षण सुरु भएको छ ।

यसअघि टिभी हेरेर वा ग्राउण्डमा फुटबल खेलेर मात्र सिकेका खेलाडीले पहिलो पटक प्रशिक्षण पाउदा खुसी व्यक्त गर्नु भएको छ । प्रशिक्षक बुढथापाले खेलाडीको स्तर हेर्दा हुने बिरुवाको चिल्लो पात भने झै पहिलो दिनको खेलाडीको गतिबिधि हेर्दा संकेत राम्रो देखिएको बताए ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९