राज शाही शनिबार, साउन १६, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

कोरोना त्रास मत्थर हुँदा हिमाली जिल्ला हुम्लामा फुटबल प्रशक्षिण सुरु भएको छ । संभावना भएका साना र ठुला खेलाडीको लागि जिल्लामा पहिलो पटक उक्त प्रशिक्षण कार्यक्रम सुरु भएको हो । सिमकोट स्थित खेल मैदानमा हुम्ला फुटबल एकेडेमीको आयोजनामा बिहीबारबाट छ देखि १३ वर्ष र १३ वर्षदेखि माथिका उमेर समुह बनाएर प्रशिक्षण सुरु भएको एकेडेमीका सदस्य बुद्धि रोकायाले बताए ।

दुई घण्टासम्म सञ्चालन हुने सो प्रशिक्षण कार्यक्रम बिहान र बेलुका गरि दुई चरणमा सुरु गरिएको छ । प्रशिक्षणको पहिलो दिन दुबै समुहका लागि तीस जना खेलाडीहरुको सहभागिता रहेको छ । प्रशिक्षणका लागि सानो उमेरका खेलाडीको लागि पुर्ण रुपमा निशुल्क गरिएको छ भने १८ वर्ष माथिका लागि भर्ना शुल्क लिने गरिएको छ ।

यो प्रशिक्षण कार्यक्रम महिला खेलाडीको लागि पनि हुनेछ । खेल सामाग्रीको व्यवस्था एकेडेमीले गरेको छ । प्रशिक्षण कार्यक्रम दुई हप्तासम्म जारी रहनेछ । यसका लागि प्रशिक्षण दिन फिफाबाट लाईसेन्स प्राप्त प्रशक्षक मदन बुढ्थापा हुम्ला आएर सो काम गरि गरेका छन् । ९ हजार १ सय ५० मिटर उचाईमा प्रशिक्षण सुरु भएको छ ।

यसअघि टिभी हेरेर वा ग्राउण्डमा फुटबल खेलेर मात्र सिकेका खेलाडीले पहिलो पटक प्रशिक्षण पाउदा खुसी व्यक्त गर्नु भएको छ । प्रशिक्षक बुढथापाले खेलाडीको स्तर हेर्दा हुने बिरुवाको चिल्लो पात भने झै पहिलो दिनको खेलाडीको गतिबिधि हेर्दा संकेत राम्रो देखिएको बताए ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९