राज शाही बुधबार, साउन १३, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले केही दिन अघि स्थापना गरेको लिमी बिक्री केन्द्रका लागि एक हजार क्वीन्टल खाद्यन्न कोटाको व्यवस्था गरेको छ । नाँम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीका लागि पैदल मार्गबाट ढुवानी हुने गरि लिमिटेडले सो खाद्यान्न कोटाको ब्यवस्था गरेको हो ।

लिमिटेडको हुम्ला शाखाका सुचना अधिकारी भरत अधिकारीका अनुसार चालु आर्थिक वर्षका लागि लिमी बिक्री केन्द्रका लागि एक हजार क्वीन्टल खाद्यान्न कोटाको व्यवस्था भएको छ । लिमीको घरधुरी र जनसंख्याका आधार खाद्यान्न कोटा निर्धारण गरिएको हो । उनले लिमिटेडको केन्द्रीय कार्यालयद्धारा लिमी बिक्री केन्द्रका लागि कोटा निर्धारण गरि ढुवानीका लागि टेण्डर समेत आव्हान भई सकेको  बताएका छन  ।

सो खाद्यान्न काठमाडौंदेखि केरुङ नाकाबाट तिब्बती मार्ग हुँदै हिल्साबाट लिमीसम्म ढुवानी हुनेछ । ढुवानीका लागि सरकारले अनुदान दिनेछ । १ सय ४७ घरधुरी र एक हजार दुई सय जनसंख्या रहेको लिमीका तीन गाउँ तील, हल्जी र जाङका लागि पहिलो पटक लिमिटेडले गाउँसम्मै खाद्यान्न ढुवानीको व्यवस्था गरेको बताएका छन ।

यसअघि लिमीका बासिन्दा सो खाद्यान्न लिन सदरमुकाम सिमकोटस्थित शाखा वा गाउँपालिका केन्द्र याल्वाङस्थित बिक्री केन्द्रबाट खाद्यान्न लिदै आउनु भएको थियो । सोको ढुवानी स्थानीयले आफै व्यहोर्नु पथ्र्यो । यसवर्षबाट लिमीका लागि खाद्यान्न बिक्री केन्दको व्यवस्था लिमिटेडले गरेको हो । यता नाम्खा गाउँपालिकाका अन्य छ वटा वडाका लागि दुई हजार क्वीन्टल खाद्यान्न कोरोनाको ब्यवस्था गरेको छ । सो खाद्यान्न पनि केरुङ नाकाबाट ढुवानी हुनेछ ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९