नन्द सिंह शनिबार, जेठ ०३, २०७७ मा प्रकाशित

हुम्ला
सिमकोट गाउँपालिका–६ को क्वारेन्टाइनमा बसेका २९ जना व्यक्तिद्धारा सोही वडाका नेपालगञ्जमा अलपत्र परेका दलित सामुदायका १४ जनालाई आर्थिक सहयोग गरेका छन् ।

केही दिन अगाडी मात्रै काठमाण्डौमा बस्दै आएका सिमकोट गाउँपालिका–५ का नागरिक राजु रावतले आफ्नै व्यक्तिगत लगानीमा ५ र ६ का वडाध्यक्षहरुलाई हस्तान्त्रण गरिएको १ लाख ६५ हजार रुपैयाँ मध्य ६ नम्वर वडाको भागमा परेको ८२ हजार ५ सय रुपैयाँ जेठ ३ गतेका दिन पत्रकारहरुको रोहवरमा वडाध्यक्ष जयचन्द्र रोकायाले सो रकमलाई वितरण गरेका हुन् ।

क्वारेन्टाइनमा बसेका २९ जनालाई अध्यक्ष रेकायाले प्रति व्यक्ति २ हजार ८ सय ४४ रुपैयाँको दरले हस्तान्त्रण गरिएता पनि आफ्ले २ हजार मात्र लिएर नेपालगञ्जमा अलपत्र परेका आफ्नै गाउँका १४ जना दलितहरुलाई २९ जनाकै ८ सय ४४ रुपैयाँका दरले सहयोका लागि अध्यक्ष रोकाया मार्फत पठाई दिने आग्रह गरेको स्थानीय कैलाश रोकायाले बताए ।

सो क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको सानो सहयोगले उनिहरुको केही दिनको छाक टार्नका लागि भए पनि सहयोगी हातहरु चाल्न सफल भएको अर्का स्थानीय लोकेनद्र रोकायाले बताए ।
सोही वडाको क्वारेन्टाइनमा रहेका २९ जना व्यक्तिहरुले अध्यक्ष रोकाया मार्फत ५८ हजार ग्रहण गरेका थिए भने बाँकी २४ हजार ४ सय ७६ रुपैया हुम्लाका नेपालगञ्जमा रहेका दलितहरुलाई छुट्याएको अध्यक्ष रोकायाको भनाई छ ।

राजु रावतले गरेको सो रकमलाई सिमकोट गाउँपालिका–६ ले आफ्ना क्वारेन्टाइनमा बसेका व्यक्तिरुलाई रहात स्वरुप नगद रुपैयाँ नै सहयोग गरेको छ भने ५ नम्वर वडाले ८२ हजार ५ सय रुपैयाँलाइ क्वारेन्टाइनको निर्माण र सजावटका लागि खर्च गरिने ५ नम्वर वडाका वडाध्यक्ष कृष्ण बोहराले बताए ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९