राज शाही सोमबार, साउन ११, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

हिमाली जिल्ला हुम्लामा  जिल्ला प्रहरी कार्यालय १ र १९ वटा प्रहरी चौकी रहेका छन् । १९ वटा प्रहरी चौकी मध्य ४ वटा प्रहरी चौकी आफ्नै भवनमा संचालन भइ रहेका छन् । आफ्नै भवनमा बसेका प्रहरी चौकीमा श्रीनगर प्रहरी चौकी, ठेहे प्रहरी चौकी, मुचु प्रहरी चौकी र लीमी प्रहरी चौकी रहेको प्रहरी नायव उपरिक्षक हेरम्ब सर्माले बताएका छन् ।

केही दिन अघि मात्रै जिल्लाको दक्षिणी भेगमा रहेका प्रहरी चौकी र दिक्षीणी भेगका ५ वटा गाउँ पालिकाको सान्ती सुरक्षाको निरिक्षण गरि फर्केका प्रहरी नायव उपरिक्षक शर्माले भने जिल्लाका भाडामा बसेका प्रहरी कर्मचारीको अवस्था लगाएतका विषयमा जानकारी लिएको बताएका छन् । शर्माका अनुसार भाडामा बसेका प्रहरी चौकीका कर्मचारीलाई बास स्थानको समस्या देखिए पछि केही प्रहरी चौकीका घरलाई सारी अर्को घर भाडामा लिएको र समुदायको पाइक पर्ने स्थानका घरलाई भाडामा लिई प्रहरी चौकीलाई त्यही सिफ्ट गरेको प्रहरी नायव उपरिक्षक  सर्माले बताएका छन् ।

जिल्लाका खार्पुनाथ, सर्केगाड, चंखेली, ताँजाकोट र अदानचुलीमा गरिएको प्रहरी चौकीको  निरिक्षण र शान्ती सुरक्षाको अवस्था सन्तोस जनक रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख सर्माले बताएका छन् । हाल जिल्लामा शान्ती सुरक्षा अमन चयन कायम रहेको र छिटफुटरुपमा केही घटना देखिए पनि ठुलै अपराधिक घटनाहरु नदेखिएको सर्माले बताएका  हुन । प्रहरी कर्मचारी र प्रहरी चौकीको भौतीक अवस्थाका बारेमा बताउदै प्रहरी नायव उपरिक्षक शर्माले अवको केही दिनमा जिल्लाको उत्तरी भेगमा रहेका प्रहरी चौकी र त्यहाँको सान्ती सुरक्षाको अवस्थाको निरिक्षण गर्न जाने प्रहरी नायव उपरिक्षक सर्माले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९