राज शाही सोमबार, साउन ११, २०७८ मा प्रकाशित

हुम्ला

हिमाली जिल्ला हुम्लामा  जिल्ला प्रहरी कार्यालय १ र १९ वटा प्रहरी चौकी रहेका छन् । १९ वटा प्रहरी चौकी मध्य ४ वटा प्रहरी चौकी आफ्नै भवनमा संचालन भइ रहेका छन् । आफ्नै भवनमा बसेका प्रहरी चौकीमा श्रीनगर प्रहरी चौकी, ठेहे प्रहरी चौकी, मुचु प्रहरी चौकी र लीमी प्रहरी चौकी रहेको प्रहरी नायव उपरिक्षक हेरम्ब सर्माले बताएका छन् ।

केही दिन अघि मात्रै जिल्लाको दक्षिणी भेगमा रहेका प्रहरी चौकी र दिक्षीणी भेगका ५ वटा गाउँ पालिकाको सान्ती सुरक्षाको निरिक्षण गरि फर्केका प्रहरी नायव उपरिक्षक शर्माले भने जिल्लाका भाडामा बसेका प्रहरी कर्मचारीको अवस्था लगाएतका विषयमा जानकारी लिएको बताएका छन् । शर्माका अनुसार भाडामा बसेका प्रहरी चौकीका कर्मचारीलाई बास स्थानको समस्या देखिए पछि केही प्रहरी चौकीका घरलाई सारी अर्को घर भाडामा लिएको र समुदायको पाइक पर्ने स्थानका घरलाई भाडामा लिई प्रहरी चौकीलाई त्यही सिफ्ट गरेको प्रहरी नायव उपरिक्षक  सर्माले बताएका छन् ।

जिल्लाका खार्पुनाथ, सर्केगाड, चंखेली, ताँजाकोट र अदानचुलीमा गरिएको प्रहरी चौकीको  निरिक्षण र शान्ती सुरक्षाको अवस्था सन्तोस जनक रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख सर्माले बताएका छन् । हाल जिल्लामा शान्ती सुरक्षा अमन चयन कायम रहेको र छिटफुटरुपमा केही घटना देखिए पनि ठुलै अपराधिक घटनाहरु नदेखिएको सर्माले बताएका  हुन । प्रहरी कर्मचारी र प्रहरी चौकीको भौतीक अवस्थाका बारेमा बताउदै प्रहरी नायव उपरिक्षक शर्माले अवको केही दिनमा जिल्लाको उत्तरी भेगमा रहेका प्रहरी चौकी र त्यहाँको सान्ती सुरक्षाको अवस्थाको निरिक्षण गर्न जाने प्रहरी नायव उपरिक्षक सर्माले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९