राज शाही शुक्रबार, साउन ०८, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

तीन दिनदेखि एक जना प्रशब व्यथा लागेकी गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । तीन दिनदेखि व्यथा लागेर सुत्केरी हुन नसकेपछि सुर्खेतमा उद्धार गरिएको हो । जिल्ला अस्पतालकी बरिष्ठ अनमी सरिता बोहराले तीन दिनदेखि व्यथा लागेर सुत्केरी हुन नसकेकी अदानचुली गाउँपालिका–३ को बारी गाउँकी २१ वर्षकी सुनकेसा रावलको नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत उद्धार गरिएको बताईन । रावल पहिलो पटक गर्भवती भएकी हुन ।

व्यथा लागेर बिरामी भएपछि तीन दिनदेखि स्थानीय स्वास्थ्य चौकीमा उपचार गर्ने प्रयास गरिएको भएपनि सुत्केरी गराउन सम्भब नहुँदा जिल्ला अस्पतालमा खवर गरिएको थियो । उनले तीन दिन अगाडी ब्यथा लागेको भएपनि जिल्ला अस्पताललाई शुक्रवार मात्र खवर आएको र त्यस लगत्तै गाउँपालिकाको सिफारिस र जिल्ला प्रशासन कार्यालयको समन्वयमा राष्ट्रपति महिला उत्थान कार्यक्रमको सहयोगमा गर्भवतीको उद्धार गरिएको जानकारी दिईन ।

हेलिकोप्टर रिजर्भ गरेको भाडा सबै उक्त कार्यक्रमबाट व्यहोरिनेछ । चालु आर्थिक वर्षमा गर्भवती महिलाको यो पहिलो उद्धार हो । गतवर्ष पाँच जना महिलाको यसरी सो कार्यक्रमबाट उद्धार गरिएको थियो ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९