राज शाही शुक्रबार, साउन ०८, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

कुनै समय बिकास निर्माणका योजना नपाउने हिमालपारीको गाउँ लिमीका लागि नयाँ आर्थिक वर्ष ०७८/०७९ का योजना सम्झौता कार्य सुरु भएको छ । पुराना योजनाको भुक्तानी लिन सदरमुकाम सिमकोट आई पुगेका लिमीबासीले एक काम दुई पन्थ भन्दै भने जस्तै योजनाको सम्झौता सुरु गरेका हुन ।

नाम्खा गाउँपालिका–६ लिमीको तील गाउँका स्थानीय ठेले तामाङले नयाँ आर्थिक वर्षका लागि योजनाको सम्झौता कार्य सम्पन्न भएको बताएका छन । च्यौचा देखि धमलासम्म घोरेटो बाटोको सम्झौता भएको हो । अघिल्लो आर्थिक वर्षका योजनाको भुक्तानी लिन तीन हप्ता अगाडी सदरमुकाम सिमकोट आई पुगेका उनले सम्झौताकै लागि आउन कठिन हुने कुरालाई ध्यानमा राखि आएकै बेला सम्झौता कार्य गरिएको बताएका छन । लिमीबाट सदरमुकाम सिमकोट आई पुग्न मात्र तीन दिन पैदल लाग्ने गर्छ । योजनाको सम्झौता भएको र अब गाउँमा गएर निर्माण कार्य सम्पन्न गरेर भदौ भित्र भुक्तानी लिईने लामाले बताएका छन ।

नाम्खा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बिहीबार घोरेटो बाटो दुरवाङ धर्मशाला गरि दुई वटा पाँच र सात लाखका योजनाको सम्झौता कार्य भएको बताएका छन । उनले शुक्रवार तील गाउँको बिधुत योजनाको सम्झौता गर्ने तयारी भई रहेको बताएका छन । उक्त योजना आठ लाखको रहेको छ ।

यो कामले योजना सम्झौता कै लागि आउजाउ गर्न मात्र एक हप्ता बढी समय लाग्ने भएको कारण आएकै बेला सम्झौता गर्दा सेवाग्राहीलाई फेरी आउनु पर्ने झण्झट हटेको छ । लिमीका तीन गाउँ मध्य यतिखेर दुई गाउँका योजनाको समझौता सुरु भएको छ भने हल्जी गाउँवाट कोही पनि नआएको कारण हुन सकेको छैन ।

अन्य गाउँपालिका गाउँ सभाबाट पारित योजनाको सुत्रमा इन्ट्री गरेर रातो किताव निकाल्न नसकि रहेको बेला लिमीका योजना भने सम्झौताको चरण पुगेका छन् । चालु आर्थिक वर्षका लागि जिल्ला मै योजना सम्झौता गर्ने नाम्खा पहिलो गाउँपालिका भएको छ ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९