राज शाही शुक्रबार, साउन ०८, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

कुनै समय बिकास निर्माणका योजना नपाउने हिमालपारीको गाउँ लिमीका लागि नयाँ आर्थिक वर्ष ०७८/०७९ का योजना सम्झौता कार्य सुरु भएको छ । पुराना योजनाको भुक्तानी लिन सदरमुकाम सिमकोट आई पुगेका लिमीबासीले एक काम दुई पन्थ भन्दै भने जस्तै योजनाको सम्झौता सुरु गरेका हुन ।

नाम्खा गाउँपालिका–६ लिमीको तील गाउँका स्थानीय ठेले तामाङले नयाँ आर्थिक वर्षका लागि योजनाको सम्झौता कार्य सम्पन्न भएको बताएका छन । च्यौचा देखि धमलासम्म घोरेटो बाटोको सम्झौता भएको हो । अघिल्लो आर्थिक वर्षका योजनाको भुक्तानी लिन तीन हप्ता अगाडी सदरमुकाम सिमकोट आई पुगेका उनले सम्झौताकै लागि आउन कठिन हुने कुरालाई ध्यानमा राखि आएकै बेला सम्झौता कार्य गरिएको बताएका छन । लिमीबाट सदरमुकाम सिमकोट आई पुग्न मात्र तीन दिन पैदल लाग्ने गर्छ । योजनाको सम्झौता भएको र अब गाउँमा गएर निर्माण कार्य सम्पन्न गरेर भदौ भित्र भुक्तानी लिईने लामाले बताएका छन ।

नाम्खा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बिहीबार घोरेटो बाटो दुरवाङ धर्मशाला गरि दुई वटा पाँच र सात लाखका योजनाको सम्झौता कार्य भएको बताएका छन । उनले शुक्रवार तील गाउँको बिधुत योजनाको सम्झौता गर्ने तयारी भई रहेको बताएका छन । उक्त योजना आठ लाखको रहेको छ ।

यो कामले योजना सम्झौता कै लागि आउजाउ गर्न मात्र एक हप्ता बढी समय लाग्ने भएको कारण आएकै बेला सम्झौता गर्दा सेवाग्राहीलाई फेरी आउनु पर्ने झण्झट हटेको छ । लिमीका तीन गाउँ मध्य यतिखेर दुई गाउँका योजनाको समझौता सुरु भएको छ भने हल्जी गाउँवाट कोही पनि नआएको कारण हुन सकेको छैन ।

अन्य गाउँपालिका गाउँ सभाबाट पारित योजनाको सुत्रमा इन्ट्री गरेर रातो किताव निकाल्न नसकि रहेको बेला लिमीका योजना भने सम्झौताको चरण पुगेका छन् । चालु आर्थिक वर्षका लागि जिल्ला मै योजना सम्झौता गर्ने नाम्खा पहिलो गाउँपालिका भएको छ ।

सम्बन्धित

ताजा अपडेट
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा
जिल्ला प्रशासन कार्यालयका सम्पुर्ण कार्यक्रम बहिस्कार
झुठ्ठा मुद्दा खारेजीको माग गर्दै हुम्लामा बिरोध प्रदर्शन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९