राज शाही आइतबार, साउन ०३, २०७८ मा प्रकाशित

स्वास्थ्य सेवा कार्यालय अन्र्तगतको जिल्ला अस्पताललाई ६४  लाख मुल्यका अत्याबश्यक उपकरण सहयोग उपलब्ध भएको छ । कार्यालयको माग अनुसार अस्पतालका लागि आबश्यक उपकरणहरु निशुल्क उपलब्ध भएका हुन । कार्यालय प्रमुख प्रेम बहादुर सिंहले अस्पतालको माग र आबश्यकतालाई मध्यनजर राखि आबश्यक उपकरणहरु उपलब्ध भएको जानकारी दिएका छन् ।

युएस एडको आर्थिक सहयोगमा स्वास्थ्यका लागि सक्षम प्रर्णालीले ६४ लाख ३५ हजार १६९ खरिद मुल्यका उपकरण कार्यालयलाई सहयोगका रुपमा हस्तान्तरण गरिएको हो । सहयोग उपलब्ध भएका उपकरणहरुमा ३४ लाख मुल्यको डिजिटल एक्सरे मशिन, हाई फ्लो नोजल क्यानुला, एबिजी मेशिन र अटो सेनिटाईजर रहेका छन् ।

प्रमुख सिंहले बिगतदेखि जिल्लाका गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामाग्री सहयोग र स्वास्थ्यका कार्यक्रम सञ्चालन गर्दै आएको प्रणालीले पहिलो पटक चिकीत्सकहरुको माग अनुसार जिल्ला अस्पताललाई उपकरण सहयोग गरेको जानकारी दिएका छन् । हस्तान्तरण कार्यक्रममा उपकरण बुझ्दै सिमकोट गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामाले उपकरण सहयोगले जिल्लामै उपचार गर्न सहज भएको उल्लेख गरेका थिए ।

सहयोग उपलब्ध भएका उपकरणमा केही नयाँ पनि रहेको कारण अब बिरामीलाई उपकरण नभएकै कारण जिल्ला बाहिर उपचार गर्न रिफर गर्नुपर्ने बाध्यता हटेको छ । कार्यक्रमले दुर्गमका स्वास्थ्य संस्थाहरुलाई सामाग्री तथा उपकरण सहयोग गर्ने कार्यक्रम अन्र्तगत अस्पतालमा बिरामीको उपचारमा देखिएको समस्या समाधान गर्न उपलब्ध गर्दै आएको छ ।

सामाग्री एक कार्यक्रम सञ्चालन गरेर हस्तान्तरण गरिएका हुन । यी सामाग्रीको खरिद स्थलबाट ढुवानीको खर्च पनि कार्यक्रमले नै लागत व्यहोरेको छ । यो कार्यक्रम कर्णाली प्रदेशका दश वटै जिल्लामा लागू भएको छ । यसका लागि कार्यक्रमले आठ करोड १५ लाखका उपकरण तथा सामाग्री सहयोग गरेको जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९