राज शाही शनिबार, साउन ०२, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला आएर हिल्सामा निर्माण भएको प्रबेशद्धाराको उद्घाटन गर्ने धोको कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिह बुढाको पुरा हुन पाएन । हेलिकोप्टर उडानका लागि संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयको अनुमति लिनु पर्ने भएपछि बिदा दिन परेको कारण सो अनुमति नआउदा मन्त्री बुढाले आउन नपाएका हुन ।

नेपाल र चीनको सिमाना हिल्सामा गत वर्ष निर्माण भएको प्रबेशद्धार उद्घाटन गर्ने कार्यक्रम हाललाई स्थगित भएको डिभिजन बन कार्यालयका प्रमुख रेनुका न्यौपानले बताईन । संघीय संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयको हेलिकोप्टर उडान गर्न पाउने अनुमति पत्र नआउनु र मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले मन्त्री बुढालाई हुम्ला नजान निर्देशन दिएपछि मन्त्री बुढाको प्रबेशद्धार उद्घाटन गर्ने कार्यक्रम पून एक पटक स्थगित भएको हो ।

मन्त्रीहरु सम्मीलित हुनु पर्ने साउन ३ गते सुर्खेतमा कार्यक्रम तय भएकोले मुख्यमन्त्रीले मन्त्रीलाई नजान निर्देशन दिएका हुन । यसअघि पनि पटक पटक मन्त्री बुढा सो कार्यका लागि हुम्ला आउन खोजेका थिए । कार्यालयले प्रबेशद्धार उद्घाटनका लागि बार्षिक कार्यक्रम नै तय भएको जनाएको छ । प्रमुख न्यौपानेले सबै तयारी भएको भएपनि मन्त्री नआउने भएपछि हाललाई कार्यक्रम स्थगित भएको बताईन । अव सो कार्यक्रम आगामी भदौमा गर्ने जनाईएको छ ।

हेलिकोप्टरमा आउन लागेको मन्त्रीको टोली सिमकोटबाट हिल्सा जाने कार्यक्रम भएको थियो । कर्णाली प्रदेश पर्यटन मन्त्रालयको आर्थिक सहयोग र डिभिजन वन कार्यालय हुम्लाको प्राविधिक सहयोगमा प्रबेशद्धार निर्माण भएको हो । मन्त्रीको टोली एक रात जिल्लामै बस्नेतय भएको थियो । ७५ लाखमा सीमा प्रवेश द्धार निर्माण सम्पन्न भएको थियो । हेलिकोप्टले हिल्साका लागि दुई उडान भर्ने व्यवस्थाका लागि तयारी भई रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९