राज शाही शनिबार, साउन ०२, २०७८ मा प्रकाशित

हुम्ला आएर हिल्सामा निर्माण भएको प्रबेशद्धाराको उद्घाटन गर्ने धोको कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिह बुढाको पुरा हुन पाएन । हेलिकोप्टर उडानका लागि संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयको अनुमति लिनु पर्ने भएपछि बिदा दिन परेको कारण सो अनुमति नआउदा मन्त्री बुढाले आउन नपाएका हुन ।

नेपाल र चीनको सिमाना हिल्सामा गत वर्ष निर्माण भएको प्रबेशद्धार उद्घाटन गर्ने कार्यक्रम हाललाई स्थगित भएको डिभिजन बन कार्यालयका प्रमुख रेनुका न्यौपानले बताईन । संघीय संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयको हेलिकोप्टर उडान गर्न पाउने अनुमति पत्र नआउनु र मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले मन्त्री बुढालाई हुम्ला नजान निर्देशन दिएपछि मन्त्री बुढाको प्रबेशद्धार उद्घाटन गर्ने कार्यक्रम पून एक पटक स्थगित भएको हो ।

मन्त्रीहरु सम्मीलित हुनु पर्ने साउन ३ गते सुर्खेतमा कार्यक्रम तय भएकोले मुख्यमन्त्रीले मन्त्रीलाई नजान निर्देशन दिएका हुन । यसअघि पनि पटक पटक मन्त्री बुढा सो कार्यका लागि हुम्ला आउन खोजेका थिए । कार्यालयले प्रबेशद्धार उद्घाटनका लागि बार्षिक कार्यक्रम नै तय भएको जनाएको छ । प्रमुख न्यौपानेले सबै तयारी भएको भएपनि मन्त्री नआउने भएपछि हाललाई कार्यक्रम स्थगित भएको बताईन । अव सो कार्यक्रम आगामी भदौमा गर्ने जनाईएको छ ।

हेलिकोप्टरमा आउन लागेको मन्त्रीको टोली सिमकोटबाट हिल्सा जाने कार्यक्रम भएको थियो । कर्णाली प्रदेश पर्यटन मन्त्रालयको आर्थिक सहयोग र डिभिजन वन कार्यालय हुम्लाको प्राविधिक सहयोगमा प्रबेशद्धार निर्माण भएको हो । मन्त्रीको टोली एक रात जिल्लामै बस्नेतय भएको थियो । ७५ लाखमा सीमा प्रवेश द्धार निर्माण सम्पन्न भएको थियो । हेलिकोप्टले हिल्साका लागि दुई उडान भर्ने व्यवस्थाका लागि तयारी भई रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९