राज शाही मंगलबार, आषाढ २९, २०७८ मा प्रकाशित

हुम्ला जिल्लामा तरकारीको मुल्य आकासिएको छ । प्रति केजी ३ सय पुगेको छ । दैनिक जसो २ सय, २ सय ५० मा बिक्री हुदै आएको तरकारीको मुल्य वृद्धि भएर ३ सय भएको स्थानिय उपभोक्ताले जनाएका छन् ।

जिल्लामा अविरल वर्षा भइ हवाइ रुट वन्द हुँदा हवाइ जहाज सिमकोटका लागी उडान भर्न नसकेपछी तरकारीको मुल्य वृद्धि भएको तरकारी व्यवसायीले बताएका छन् । जिल्लामै उत्पादन भएको तरकारी पनि नेपालगन्ज सुर्खेतको तरकारीको मुल्यमा बिक्री गर्ने गरेको पाइएको छ ।

जिल्लामै उत्पादन भएको तरकारी किसानबाट सस्तो मुल्यमा किनेर तरकारी व्यवसायीले वेच्दा स्थानिय तरकारीको पनि हवाइ जहाजको भाडा जोडेर बिक्रि गर्ने गरेको पाइएको छ । यसलाई नियन्त्रण गर्नु आवश्यक देखिएको छ ।

विगत २ दिन देखि हवाइ जहाजले सिमकोटका लागी उडान नभर्दा जिल्लामा कुखुरा, माछा मासु लगायत मासुजन्य पर्दाथ र तरकारीको जिल्ला सदरमुकाम सिमकोटमा केही सटेज भएको पाइएको छ ।

स्थानिय उत्पादन जिल्लाको मागलाई पुर्ती गर्न नसक्ने भए पछि नेपालगन्ज सुर्खेको तरकारीको भर पर्ने पर्ने अवस्था आएको हो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९