राज शाही सोमबार, आषाढ २८, २०७८ मा प्रकाशित

हुम्ला

नबसिसु  तथा आमाका लागि सुत्केरी स्याहार किट बितरण गरिने भएको छ । सुत्केरी आमा तथा शिशुको सरसफाई र पोषणलाई ध्यानमा राखि उक्त किट बितरण गर्न लागिएको हो ।

खार्पुनाथ गाउँपालिकाका स्वास्थ्य संयोजक बलिराज शाहीले हालसम्म स्वास्थ्य संस्थाहरुमा सुत्केरी हुन आउने आमाको समस्यालाई ध्यानमा राखि नौ प्रकारका सामाग्रीको व्यवस्था गरि स्याहार किट बितरणको तयारी गरिएको बताएका छन् । उनले गाउँबस्तीमा सुत्केरी हुने आमाको अबस्था दयनीय देखेर साउन १ गतेबाट लागु हुने गरि सामाग्री सहयोग गर्न लागिएको हो ।

गाउँपालिका भरि वर्षमा दुई सय भन्दाबढी महिलाहरु स्वास्थ्य संस्था तथा घरमै सुत्केरी हुने र उनहरुलाई ती सामाग्रीको आबश्यक खड्किएपछि स्वास्थ्य शाखाले यो कार्यक्रम तर्जुमा गरेको शाखाले जनाएको छ ।

किटहरुमा नबजात शिशु तथा आमाका लागि भित्रि बस्त्र, लुगा धुने सावुन, डेलिभरि प्याड, हात धुने सावुन, हर्लिक्स, न्यानो झोला, भिटामिन ए र सी, आईरन र क्याल्सिएम तथा स्थानीय उत्पादनबाट उत्पादन गरिएका तयारी पौष्टिक आहार समाबेश गरिने भएको छ । यी किट बितरणबाट आमा र शिशु दुबैको सरसफाई र पोषणमा सुधार ल्याउने बिस्वास गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९