राज शाही सोमबार, आषाढ २८, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

नबसिसु  तथा आमाका लागि सुत्केरी स्याहार किट बितरण गरिने भएको छ । सुत्केरी आमा तथा शिशुको सरसफाई र पोषणलाई ध्यानमा राखि उक्त किट बितरण गर्न लागिएको हो ।

खार्पुनाथ गाउँपालिकाका स्वास्थ्य संयोजक बलिराज शाहीले हालसम्म स्वास्थ्य संस्थाहरुमा सुत्केरी हुन आउने आमाको समस्यालाई ध्यानमा राखि नौ प्रकारका सामाग्रीको व्यवस्था गरि स्याहार किट बितरणको तयारी गरिएको बताएका छन् । उनले गाउँबस्तीमा सुत्केरी हुने आमाको अबस्था दयनीय देखेर साउन १ गतेबाट लागु हुने गरि सामाग्री सहयोग गर्न लागिएको हो ।

गाउँपालिका भरि वर्षमा दुई सय भन्दाबढी महिलाहरु स्वास्थ्य संस्था तथा घरमै सुत्केरी हुने र उनहरुलाई ती सामाग्रीको आबश्यक खड्किएपछि स्वास्थ्य शाखाले यो कार्यक्रम तर्जुमा गरेको शाखाले जनाएको छ ।

किटहरुमा नबजात शिशु तथा आमाका लागि भित्रि बस्त्र, लुगा धुने सावुन, डेलिभरि प्याड, हात धुने सावुन, हर्लिक्स, न्यानो झोला, भिटामिन ए र सी, आईरन र क्याल्सिएम तथा स्थानीय उत्पादनबाट उत्पादन गरिएका तयारी पौष्टिक आहार समाबेश गरिने भएको छ । यी किट बितरणबाट आमा र शिशु दुबैको सरसफाई र पोषणमा सुधार ल्याउने बिस्वास गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९