राज शाही आइतबार, आषाढ २७, २०७८ मा प्रकाशित

नेपाली सेनाले निर्माण कार्य गर्दै आएको कर्णाली करिडोरको खुलालु, लैफु सलीसल्ला खण्डको सडक असार ३१ गते हस्तान्तरण गर्ने भएको छ । सेनाले सो सडकको निर्माण कार्य सम्पन्न भएपछि सडक बिभाग अन्तरगतको हिल्सा सिमकोट सडक आयोजनालाई हस्तान्तरण गर्न लागेको हो ।
कर्णाली करिडोर सढक निर्माण कार्य दलका प्रमुख मिलन काकीका अनुसार असार ३१ गते सडक हिल्सा सिमकोट सडक आयोजनालाई हस्तान्तरण कार्य रहेको छ । सेनाको निर्माण कार्य जिम्मा रहेको काम पुरा भएपछि हस्तान्तरण गर्न लागिएको  बताएका हुन  । सडक निर्माण भएपछि हाल सो खण्डमा यातायात सञ्चालन हुँदै आएका छन् ।

सेनाले सो खण्डको कालिकोटको खुलालु, बाजुराको लैफु हुँदै हुम्ला जिल्लाका सलीसल्लासम्मको १२२ दशमलव ७५ किलो मिटर सडकको निर्माण कार्य पुरा गरेको हो । निमार्ण भएको कुल सडक मध्य हुम्ला खण्डमा ३८ दशमलव चार किलोमिटर निर्माण भएको सडक पर्छ ।हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख बिसुनदास लामाले हुम्ला खण्डको सडक हस्तान्तरण कार्यक्रममा पैदल मार्गबाट सलीसल्ला जान लागेको बताएका छन । हस्तान्तरणपछि उक्त सडक आयोजनाको जिम्मामा आउनेछ ।

कोरोनाको कारण सडक हस्तान्तरण कार्यक्रम सेनाले केन्द्रीय स्तरको कार्यक्रम नराखेर जिल्लास्तरमा राखिएको जनाएको छ । यसका लागि सबै तयारी भई सकेको जनाईएको छ । खुलालु लैफु हुँदै सलीसल्ला खण्डको काम २०७० सालमा सेनाले काम सुरु गर्दै आएको थियो भने हुम्ला खण्डमा २०७३ सालमा निर्माण कार्य सुरु गरेको थियो ।

हाल हुम्ला खण्डमा पर्ने सडकमा बालुकुनासम्म यातायात सञ्चालन भएकोमा हस्तान्तरणपछि सलीसल्लासम्म हुनेछ । यसबाट जिल्लाका चार वटा गाउँपालिका ताँजाकोट, अदानचुली, चंखेली र सर्केगार्ड गाउँपालिका राष्ट्रिय सडक सञ्जालसंग जोडिनेछ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९