राज शाही शनिबार, आषाढ २६, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

हिमाली जिल्ला हुम्लामा विकासे कामहरु तिव्र गतिमा संचालन भई रहेका छन् । ढुङ्गाको साघु लगाएर खोला तथा कर्णालीमा तर्दै आएका स्थानिय क्रमस काठको साँघु हुदै फलामको पुल सम्म आइ पुगेका छन् ।

विगतमा स्थानिय वासीले श्रमदानमा काठे साघु लगाइ खोला तथा कर्नालीमा तरदै आएकोमा अव भने स्थानियवासी फलामका झुलुङगे पुल तथा ट्रस वृजमा तर्न थालेका छन् । ट्रस वृज गाउँ पालिकाको आर्थिक सहयोगमा गैरसरकारी संस्थाले बनाउदै आएका छन् ।

यसै विच हिमाली कन्जर भेसन एण्ड डिप्लोमेण्ड एसो सियसन हुम्लाले आर्थिक वर्ष ७७।७८ मा ८ वटा पुल हरु निर्माण गरेको  हिमाली कन्जर भेसन तथा डिप्लोमेण्ट एसोसियसनका कार्यक्रम संयोजक झुलबहादुर शाहीले  बताएका छन।

झुलङगे पुलहरु हुम्लाको नाम्खा गाउँ पालिकाको मुचु झुलङ्गे पुल मुचु, हेप्का खोला ट्रस वृज, ताँजाकोट गाउँ पालिकाको मासपुर झुलङगे पुल, चंखेली गाउँ पालिकाको गाड लाग्न झोलङ्गे पुल,  सिमकोट गाउँ पालिकाको  मार्मे ट्रस वृज स्याँडा, बुराउसे झुलङ्गे पुल सिमकोट ४,  मुगरीक झुलङ्गे पुल दोजम सिमकोट १, चारटाँगे झुलङ्गे पुल सिमकोट ७ लगायतका निर्माण गरेको  शाहीले बताएका छन् ।

त्यसै गरी पुर्वधार विकासबाट निर्माणका लागी आवेदन माग भई छनौटमा परेको हिमाली कन्जर भेसन एण्ड डिप्लोमेण्ट एसोसियसनले डिपीआर गर्ने काम सम्पन्न गरेको निर्माण प्रक्रियामा रहेको शाहीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
बाजुराको गुम्बा गाउँका स्थानीय हुम्ला अन्तरगत मैला पञ्चायतमा
रेडियो कर्णाली आवाजको बार्षिक उत्सबमा जवाफ देहिता कार्यक्रम
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९