राज शाही शुक्रबार, आषाढ २५, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

नेपालका छिमेकी राष्ट्रले वर्षेनी नेपाली भुमीलाई मिच्ने क्रम रोकिएको छैन । कालापानी लिपिया धुरा होस वा हुम्लाको लिमी लाप्चामा होस । वर्षेनी विश्वका शक्ती शाली राष्ट्रले नेपाल कम्जोर मुलुकको संज्ञा दिदै सिमा मिच्ने क्रम जारी रहेको छ ।

हुम्लाको नाम्खा गाउँ पालिकाको लिमी लाप्चा लगाएत हुम्लाको सिमा क्षेत्रको निरिक्षणका लागी कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको टोली हुम्लामा आउनु भएको हो ।

मुख्य मन्त्री शाही संगै पुर्व पर्यटन मन्त्री एव हुम्ला जिल्ला क्षेत्र नंम्बर ख बाट निर्वाचित कर्णाली प्रदेश संसद जिवनबहादुर शाही र पुर्व आर्थिक मामिला मन्त्री विमला केसी हुम्लामा आउनु भएको छ । हुम्ला पुगे संगै मुख्य मन्त्री शाहीले हुम्ली बासी लाखौ रुपैंया तिररे हुम्लाका गुनासाहरु सुर्खेत पुगेर सुनाउनु भन्दा कर्णाली प्रदेश सरकार नै हुम्लामा पुगी हुम्लाको नागरीकका गुनासो गहरण गर्न र प्रदेश सरकारले हुम्लामा भएका विकासे योजनाको अनुगमन गर्न हुम्लामै आइ पुगेको  बताउनु भयो ।

आफ्नो मातृ भुमीको सिमानाको रक्षा गर्नु आफ्नो कर्तव्य भएकाले हुम्लाका सिमानको अवस्था के कस्तो रहेको छ भनी हुम्ला आउनुको मुख्य उद्देश्य रहेको पुर्व पर्यटन मन्त्री जिवनबहादुर शाहीले  बताउनु भयो ।

मुख्य मन्त्री शाहीको टोलीले शनिवार हुम्ला जिल्लाको उत्तरी क्षेत्रको हवाइ मार्गबाट सिमाहरुको निरिक्षण गर्ने भएको खवर प्राप्त भएको छ ।   शाहीको टोली अहिले वेलुका हेलिकप्टरबाट जिल्लामा आउनु भएको हो ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९