राज शाही बुधबार, आषाढ २३, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

हिमाली जिल्ला हुम्लामा कोरोनाको वन्दा वन्दी खुलेपछी झन वढी संक्रमित थपिन सक्ने भन्दै स्वास्थ्य  सुरक्षाका सामाग्री तथा प्रचार प्रसारका कार्यक्रमलाई पहिलो प्राथामिकतामा राखिएको छ । जिल्लामा स्थापित सरकारी तथा गैर सरकारी संस्थाले स्वास्थ्य सामाग्री बितरणलाई पहिलो प्राथामिकतामा राखेका छन् । स्वास्थ्य सामाग्रीहरुमा माक्स, सेनेटाइजर,  विपी सेट लगाएतका सामाग्रीहरु वितरण गरि रहेका छन् ।

यसै बीच स्नोल्याण्ड एकिकृत विकास केन्द्र (  SIDC) ले खार्पुनाथ गाउँ पालिका वडा नं ५ को ताक्ला बाम्टा सामुदाइक स्वास्थ्य इकाइमा स्वास्थ्य सामाग्री संगै उपकरण बितरण गरेको सोही संस्थाका कार्यकारी निर्देशक गोविन्दबहादुर शाहीले बताएका छन् ।

वितरण गरिएका सामाग्रीहरुमा डस्विन, स्टेगोस्कोप, विपी सेट, थर्मोमिटर, डेर्सिङ ड्रम, वइट मेसीन, हाइट मेसिन , लाइट टेवल लगाएतका १८ प्रकारका सामाग्री रहेको सोही संस्थाका स्वास्थ्य संयोजक छक्कबहादुर रोकायाले बताएका छन् । सो स्वास्थ्य इकाइलाई करिव पचहत्तर प्रकारका सामाग्री हस्तारण गरिएको संयोजक रोकायाले बताएका छन् ।

खार्पुनाथ गाउँ पालिकाको विकट गाउँ ताक्ला बाम्टामा रहेको सामुदायीक स्वास्थ्य इकाइमा उक्त सामाग्री प्राप्त हुँदा यो महामारीका वेला केही भए पनि राहत पुगेको र त्यहाँका स्थानियवासीलाई उपचार संगै चेक जाँच गर्न सहज हुनुका साथै कोरोनाबाट वच्नका लागी उक्त सामाग्रीले निकै भुमिका खेल्ने सोही स्वास्थ्य इकाइका प्रमुख लिला भण्डारीले बताएकी थिइन ।

त्यसै गरी जनपद प्रहरीले हुम्ला जिल्लाको सदरमुकाम संगै जिल्लाका प्रहरी चौकी भएका गाउँ ठाउँमा कोरोना सम्बन्धीका जनचेतना मुलक कार्यक्रम संचालन गर्नुका साथै माइक पम्पलेटमा सचेतनाका कार्यक्रमहरु संचालन गरि रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९