राज शाही शनिबार, जेठ ०३, २०७७ मा प्रकाशित

 

हुम्लाः कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागी चैत्र ११ गते देखि लागु भएको लकडाउनका कारण बिहान बेलुकि छाक टार्न समस्यामा परेका गरिब र विपन्न घरपरिबारलाई राहत बितरण गरिएको छ ।

कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागी सरकारले गरेको लकडाउनले बिहान बेलुकि छाक टार्न समस्यामा परेका सिमकोट गाउपालिका ७ डाडाफयाका  ओख्रेन, थाया, जबुक, ग्वालेखोर, डाडागाउ र टुलिङ्ग गाउका २ सय ५० घरधुरीलाई सिमकोट गाउपालिका ७ डाडाफयाका स्थानियबासी समाजसेबी बलबिर शाहीले आफ्नो व्यक्तिगत पहलमा राहत वितरण गरेका हुन् ।

कोरोना भाइरस (कोभिड(१९) को संक्रमणको जोखिम हुन नदिन गरिएको लकडाउनले गर्दा कुनै पेशा, व्यवसाय नभएका ज्यालादारी काम गरी  खाने मात्र नभई सिमकोट ७ डाडाफयाका बिभिन्न बस्तिमा बसोबास गर्ने  सम्पुर्णलाई बिहान बेलुका खानाको जोहो गर्न समेत समस्या आउन थाले पछि अहिले पहिलो चरणमा सिमकोट गाउपालिका ७ डाडाफयाका  ओख्रेन, थाया, जबुक, ग्वालेखोर, डाडागाउ र टुलिङ्ग गाउका २ सय ५० घरधुरीलाइ प्रति घरधुरी १० केजी चामल १ पोका तेल र १ चक्कि नुहाउने साबुन गरी २५ क्विन्टल चामल २ सय ५० पोका तेल र २ सय ५० चक्कि साबुन सहयोग गरि राहत बितरण गरिएका हुन  ।

यो राहत ७ नं. वडाका सबै घरपरिबारलाई राहत बितरण गरिने शाहीले बताए , सबैलाई दिने भए पनि पहिलो चरणमा लकडाउनका कारण समस्या परिरहेको बेलामा गरिव, विपन्न, एकल, फरक क्षमताका व्यक्तिहरुलाई बितरण गरेको छ भने दोस्रो चरणमा सबैलाई वितरण गरिने शाहीले बताए । हुम्ला जस्तो विकट जिल्लामा राहत वितरण गर्न सहयोग गरेकोमा ७ नं. वडाबासीले शाहीलाई धन्यवाद दिएका छन ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९