राज शाही सोमबार, आषाढ २१, २०७८ मा प्रकाशित

हुम्ला

जीन्दगी अधुरो बनाई छोडी बाईगई माया देउडा गीत हुम्लामै छायाँङकन भएको छ । स्थानीय गायक मन बहादुर थापाको शब्द र संगितमा तयार भएको देउडा गीत स्थानीय श्रोत साधान सहित हुम्लामै छायाँङकन भएको हो ।
कर्णालीको वनपाखाँमा गुनगुनाउदै आएका देउडा ठाडी भाका गीतको हुम्लाकै जनश्रतिबाट छायाँङकन भएको पहिलो हो ।
पछिल्ला समय लोप हुदै आएको देउडा गीत जर्गेना गर्ने स्थानीय गायक,स्थानीयकै अभियन र स्थानीयकै निर्देशनमा छायाँङकन पहिलो भएको जीन्दगी अधुरो बनाईका निर्देशक पदमराज हमालले जनाकारी दिए । गायक मनबहादुर थापाको लय शब्द र स्वर यो गीत अब छिटै बजारमा आउने निर्देशक हमालले बताए ।
दुर्गम जिल्लामै छायाँङकन गर्दा धेरै खर्चिलो रहेकोले धेरै कठिनाई भएको निर्देशक हमालले बताए ।
पछिल्ला समय देउडा गीत लोप हुन लागेपछि देउडा गीत हुम्लामै कला भएका कलाकार हुदाँ पनि ओझेल परेकोले जर्गेना गर्ने यो पहिलो अभियान चालेको उनले बताए ।
विशेष डिजिटल रेकडिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको अभिनय हुम्ला जिल्लाका संचारकर्मी नरजन तामाङ,उर्मिला शाही र बिष्णु बुमिको अभिनय रहेको छ । जिल्लाकै पत्रकार पदमराज हमाल,अविनाश लामा,अर्जुन बोहराले यो गीतको छायाँङकन गरेका छन् ।
छायाँङकन तथा सम्पादक अविनाश लामाले हुम्ला जिल्ला म्युजिक भिडियो छायाँङकन गर्ने उत्कृष्ट रहेको बताए ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९