राज शाही आइतबार, आषाढ २०, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्लाको क्षेत्र नम्वर ख मा रहेको नाम्खा गाउँ पालिकाको गाउँ सभा सम्पन्न भएको छ । गाउँ सभा अषाढ १८ गते सम्पन्न भएको सोही गाउँ पालिकाका प्रमुख प्रशासकिए अधिकृत धर्मराज न्यौपानेले बताएका छन् । उक्त गाउँ पालिकाले सोही गाउँ पालिकाको हिल्सा र यारी विद्युतीकरण, पर्यटन, शिक्षा, स्वाथ्य, आयआर्जनका कार्यक्रमलाई पहिलो प्रथामिकतामा राखेको छ ।

आगामी आर्थिक वर्ष ७८।७९ को बजेट तथा निति सोही गाउँ पालिकाका उपाध्यक्ष पेमा तामाङले प्रस्तुत गरेका थिए ।उपाध्यक्ष पेमा तामाङले प्रस्तुत गरेको गाउँसभाले ३२ करोड २२ लाख ३९ हजारको बजेट तथा कार्यक्रम ल्याएको सोही गाउँ पालिका प्रमुख प्रसासकिय अधिकृत न्यौपानेले बताएका हुन ।

न्यून आयश्रोत भएका नागरिकलाई स्वरोजगार सिर्जना गर्नका लागि आयआर्जनका क्षेत्रलाई पनि बजेटले प्राथमिकतामा राखेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले महिलालाई उद्यम बिकासबाट आम्दानी बढाउने खालका कार्यक्रम तर्जुमा गरिएको बताएका छन् । त्यसैगरी उनले सडक सञ्जाल नजोडिएका वडामा सडक निर्माणका लागि बजेटले व्यवस्था गरेको बताए ।

गाउँपालिका अध्यक्ष बिष्णु बहादुर लामाको अध्यक्षतामा सम्पन्न भएको गाउँ सभा सामाजिक दुरी कायम गर्दै अधिकांश सदस्यहरुको सहभागीता रहेको थियो ।  गत असार १० गते बस्नु पर्ने वडा नम्बर ६ का वडा अध्यक्ष र सदस्यहरु न्यालु लेकमा हिमपातको कारण उपस्थिती हुन नसक्ने जानकारी आएपछि सभाको मिति पछि सारिएको थियो ।  गाउँपालिकाको समृद्धिको आधार पर्यटन क्षेत्र भएकोले गुरु योजनाले तय गरेका रणनीतिहरुलाई पुरा गर्नका लागि बजेटले कार्यक्रमहरु तर्जुमा गरेको उनले बताएका छन् ।

पर्यटन क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखेर गाउँपालिकाले आफुसँग भएको सिमित श्रोतबाट बजेटको व्यवस्था गरेको , प्रदेश सरकार र संघीय सरकारसँग पनि गुरु योजना मार्गनिर्देश गरेका योजनाहरुलाई  कार्यान्वयन र बजेटको व्यवस्थाका लागि आग्रह गरेको छ । अहिलेको आवश्यकता, जनताको माग र भएको साधन र श्रोतलाई मध्यनजर गर्दै बजेट ल्याएको जानकारी दिए ।

कोरोना त्रास अझै हटी नसकेकोले स्वास्थ्य क्षेत्रलाई बजेटले उच्च प्राथमिकतामा राखेको छ । त्यसैगरी  उनले बजेटले शिक्षा, हिल्सा र यारी विद्युतीकरण पनि पहिलो प्राथमिकतामा राखिएको बताए ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९