दिपबहादुर शाही शुक्रबार, आषाढ १८, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

माथिबाट ढुङ्गा खस्दा विद्यालयमा क्षेती पुगेको छ । क्षेती हुने विद्यालयमा  खार्पुनाथ गाउँ पालिका वडा नं ५  नौधारा आधारभुत निम्न माद्यामिक विद्यालय दुर्पा हुम्रला रहेको छ । विद्यालयको माथि चोखेधारा भन्ने ठाउँबाट आषाढ १७ गते राती खस्दा सो विद्यालयमा क्षेती भएको हो ।

विद्यालयको माथिबाट खसेको ढुङ्गाले सोही विद्यालयको पछाडी पट्टीको गाह्रो वा देवालमा ३ मिटर उचाइ र ३ मिटर चौडाइमा पुर्णरुपमा क्षेती पुगेको स्थानियवासी गोर्ख रोकायाले बताएका छन् । रोकायाका अनुसार याँङचु प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक जयन्द भट्टको टोलीले आज सुक्रबार प्रहरी मुचुल्का गरेको बताएका छन् ।

यस अघि किर्डाक हुम्लाको ५ ला आर्थिक सहयोगमा निर्माण भएको २ कोठे भवनको १ कोठामा पुर्णरुपमा क्षेती भएको खवर प्राप्त भएको छ । संचालनमा आएको विद्यालयको कोठा भित्र विद्यार्थीका लागी बनाइएका डेक्स बेन्च सबै भाँचि निकै क्षेती भएको जानकारी प्राप्त भएको छ । रातिको समय भएकाले मानविय क्षेती केही नभए पनि भौतिक क्षेती निकै भएको रोकायाले बताएका छन् ।

५ लाख भन्दा बढीको क्षेती भएको अनुमान गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९