राज शाही शनिबार, जेठ ०३, २०७७ मा प्रकाशित

हुम्लाः शुक्रबार सिस्ने खोलामा बसेको जनप्रतिनिधि,राजनितिक दलका नेता सहित बुद्धिजिबिको बैठकले यस आर्थिक वर्षको बजेटले लौठीबाटै सेरा हुँदै कालागाड सडक निमार्ण गर्न दिने र आउँदो आर्थिक वर्षको बजेटले पाम्स हुँदै काँखे बारीगाउँ करगाइ सडक निमार्ण गर्न लगाउने निर्णय भएको स्थानिय मोहनराज छत्यालले बताए ।

जिल्ला समन्वय समितिका सदस्य अजबिर शाही सहित उक्त वडाका राजनितिक दलका नेता, बुद्धिजिबि, सहित स्थानीय नागरिक ३४ जनाको उपस्थितीमा उक्त निर्णय भएको छ । एक महिना अघि देखी लौठि सेरा कालागाड सडक खण्ड निर्माण गर्न नहुँने र पाम्स काँखे बारीगाउँ हुँदै करगाई सडक निमार्ण गर्नु पर्ने भन्दै बिबाद भए पछि उक्त सडक निमार्ण कार्य रोकीएको थियो ।

धेरै दिन देखी बिबादमा रहेको लौठी सेरा कालागाड सडक खण्डको बिबाद समाधान भएको छ । वडा नम्बर ५ का वडा अध्यक्ष महाँबिर छत्यालको अध्यक्षतामा शुक्रबार बसेको बैठकले गाउँकार्यपालिकाको बैठकले गरेको निर्णयलाई स्वीकार्दै यस आर्थिक वर्षको बजेटले लौठि सेरा कालागाड सडक खण्ड निमार्ण गरीने र आउँदो आर्थिक वर्षको वडा नम्बर ५ को बजेटले पाम्स हुँदै काँखे बारीगाउँ करगई सडक खण्ड निमार्या गर्ने निर्णय गरीएको वडा अध्यक्ष महाबिर छत्यालले बताउनु भयो । वडा अध्यक्ष छत्यालले भने “निकै लामो रस्साकस्सी पछि बिबाद समाधान भएको छ अब छिट्टै निमार्ण कार्य सुरु गर्ने छौ” ।

 

सम्बन्धित

ताजा अपडेट
हुम्लाका विकास आयोजनाको अनुगमन तथा निरिक्षण
रा. स्व. पा. द्धारा जनताका कुरा हामी सुन्छौ कार्यक्रम संचालन
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९