राज शाही शनिबार, जेठ ०३, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्लाः शुक्रबार सिस्ने खोलामा बसेको जनप्रतिनिधि,राजनितिक दलका नेता सहित बुद्धिजिबिको बैठकले यस आर्थिक वर्षको बजेटले लौठीबाटै सेरा हुँदै कालागाड सडक निमार्ण गर्न दिने र आउँदो आर्थिक वर्षको बजेटले पाम्स हुँदै काँखे बारीगाउँ करगाइ सडक निमार्ण गर्न लगाउने निर्णय भएको स्थानिय मोहनराज छत्यालले बताए ।

जिल्ला समन्वय समितिका सदस्य अजबिर शाही सहित उक्त वडाका राजनितिक दलका नेता, बुद्धिजिबि, सहित स्थानीय नागरिक ३४ जनाको उपस्थितीमा उक्त निर्णय भएको छ । एक महिना अघि देखी लौठि सेरा कालागाड सडक खण्ड निर्माण गर्न नहुँने र पाम्स काँखे बारीगाउँ हुँदै करगाई सडक निमार्ण गर्नु पर्ने भन्दै बिबाद भए पछि उक्त सडक निमार्ण कार्य रोकीएको थियो ।

धेरै दिन देखी बिबादमा रहेको लौठी सेरा कालागाड सडक खण्डको बिबाद समाधान भएको छ । वडा नम्बर ५ का वडा अध्यक्ष महाँबिर छत्यालको अध्यक्षतामा शुक्रबार बसेको बैठकले गाउँकार्यपालिकाको बैठकले गरेको निर्णयलाई स्वीकार्दै यस आर्थिक वर्षको बजेटले लौठि सेरा कालागाड सडक खण्ड निमार्ण गरीने र आउँदो आर्थिक वर्षको वडा नम्बर ५ को बजेटले पाम्स हुँदै काँखे बारीगाउँ करगई सडक खण्ड निमार्या गर्ने निर्णय गरीएको वडा अध्यक्ष महाबिर छत्यालले बताउनु भयो । वडा अध्यक्ष छत्यालले भने “निकै लामो रस्साकस्सी पछि बिबाद समाधान भएको छ अब छिट्टै निमार्ण कार्य सुरु गर्ने छौ” ।

 

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९