राज शाही शुक्रबार, आषाढ १८, २०७८ मा प्रकाशित

हिमाली जिल्ला हुम्ला जिल्ला अदालतमा न्याय छिटो छरितो प्राप्त भएको सेवाग्राहीले अनुभुती गरेको जिल्लामा आयोजित एक कार्यक्रममा सेवाग्राहीले बताएका छन् । सेवाग्राहीका अनुसार प्रक्रियागत रुपमा जाँदा केही ढिलाइ भए पनि यो पछिल्लो समय न्यायमा सेवाग्राहीको पहुच पुग्न थालेको वताएका छन् । हुम्ला जिल्ला अदालतले आज आयोजना गरेको न्यायाधीश संग सेवाग्राही भेटघाट कार्यक्रममा उक्त कुरा बताइएको हो ।

अदालतबाट हुने सेवा प्रबाहमा ढिला सुस्ती, अनियमितता, लगायतका विषयमा सेवाग्राहीमा केही गुनासो भए माननीय जिल्ला न्यायाधीश जगतबहादुर पौडेलसँग राख्नका लागी उक्त कार्यक्रम संचालन गरिएको जिल्ला अदालतका श्रेस्तेदार उपसचिव कमल कुमार आचार्यले बताउनु भयो । सुक्रबार दिनको २ वजेबाट संचालन भएको कार्यक्रममा सेवाग्राही विजय भण्डारीले यो पछिल्लो समयमा हुम्ला जिल्ला अदालतबाट सेवा प्रभाहमा छिटो छरितो भएको र अदालतका काम कार्य पनि चुस्त दुरुस्त रहेको बताएका छन् ।

करिव १५ जना सेवाग्राहीको उपस्थित रहेको कार्यक्रममा माननीय जिल्ला न्यायाधीश  जगतबहादुर पौडेले प्रमाण वुझ्दा, साक्षी वकपत्र गर्दा, प्रक्रियागत ढंगबाट जाँदा केही ढिलाइ भए पनि सेवाग्राहीले अदालतबाट पाएको सेवामा हाल सम्म कुनै गुनासो नआयको  बताउनु भयो ।

अदालतमा कार्यरत कर्मचारीहरु प्रतिको गुनोसो ढिला सुस्ती लगाएतका समसामहीक विषयमा सेवाग्राहीको गुनासो सुन्नका लागी मिट द जज कार्यक्रम हुम्ला जिल्ला अदालतले निरन्तर गर्दै आएको श्रेस्तेदार उपसचि कमल कुमार आचार्यले बताउनु भयो ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९