राज शाही बिहिबार, आषाढ १७, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

यस अघि वन्दा वन्दी रहेको हुम्ला जिल्ला सुक्रबारबाट पुर्णरुपमा खुल्ला हुने भएको छ । पछिल्लो पटक अषाढ १० गते हुम्ला जिल्लालाई ७ दिनको लागी थप गरेको वन्दा वन्दी विहिबार राती १२ वजेबाट सकिदै  छ ।

आज अषाढ १७ गते जिल्ला कोभिड १९ व्यवस्था पन समितिको वैठक वसी सुक्रबारबाट वन्दा वन्दी गर्ने वा खोल्ने भन्ने विषयमा निर्णय गर्नु पर्नेमा जिल्ला कोभिड व्यवस्थापन समितिको वैठक विहिवार बसेको छैन । उक्त बैठक नवस्नुले हुम्ला जिल्लालाई सुक्बारबारबाट पुर्णरुपमा खोल्नकोलागी मौन स्वीकृत दिएको आभाष भएको छ ।

जिल्ला कोभिड व्यवस्थापन समितिले हुम्ला जिल्लालाई खुल्ला गर्ने मौन स्वीकृत दिए पनि स्थानियवासीले आफ्नो जिउ ज्यानको सुरक्षा आफै गर्नु पर्ने देखिएको छ । आ आफ्नो व्यवसाय संचालन गर्दा सामाजिक दुरी कायम राख्ने, मुखमा माक्स अनिवार लगाउनु पर्ने, सावुन पानीले हात धुनू पर्ने लगाएतका कार्य अनिवार्य गर्नु पर्ने देखिएको छ ।

सुक्रबारबाट हवाइ जहाजमा मानिसहरु सहजरुपमा नेपालगन्ज, सुर्खेत र हुम्लामा आउन जान पाउने भएका छन् । यस अघि हवाइ जहाजमा आउन जानलाई जिल्ला प्रशासनको सिफारी लिनु पर्ने वाध्यता रहेको थियो । यस अघी हुम्लामा आम्सीकरुपमा खुल्ला भएको भए पनि अव पु/पुर्णरुपमा खुल्ने देखिएको छ ।

सम्बन्धित

ताजा अपडेट
बाजुराको गुम्बा गाउँका स्थानीय हुम्ला अन्तरगत मैला पञ्चायतमा
रेडियो कर्णाली आवाजको बार्षिक उत्सबमा जवाफ देहिता कार्यक्रम
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९