राज शाही सोमबार, आषाढ १४, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

जिल्लाको एक गैर सरकारी संस्थाले कोरोना विरुद्धको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । उक्त सामाग्री खार्पुनाथ गाउँ पालिकालाई हस्तान्तरण गरिएको खवर प्राप्त भएको छ । जिल्लामा कोरोनाका संक्रमित वढ्दै गए पछि त्यसको रोकथामका लागी उक्त समाग्रि आधार बिकास हुम्लाले बितरण गरेको हो ।

वितरण गरिएका सामाग्रीहरुमा पल्स अक्सिमिटर ५ थान, के एन ९५ माक्स १ सय ५० थान, सर्जिकल माक्स ३ हजार थान, हेष्ड सेनिटाइजर ७ सय ५० मिलि लिटरका १० बोतल, हात धुन सावुन ४ सय ३२ थान, फेससिल ३० थान डिटोल लिकुट सावुन विस बोतल, एन्टिजिन किट १ सय थान रहेका छन् ।

आधार विकासको कार्यालयमा आयोजित १ कार्यक्रममा आधार विकासका शिक्षा अधिकृत कन्जोक लामाले खार्पुनाथ गाउँ पालिका अध्यक्ष कर्णबहादुर रावललाई हस्तान्तरण गरेका हुन । त्यसै गरी जिल्ला स्वास्थ्य कार्यालयलाई ५ सय एन्टिजिन किट सिमकोट गाउँ पालिकालाई २ सय र नाम्खा गाउँ पालिकालाई २ सय र खार्पुनाथ गाउँ पालिकालाई १ सय थान गरी जम्मा १ हजार थान एन्टिजिन किटहरु वितरण गरेको हो ।

उक्त कार्यक्रममा खार्पुनाथ गाउँ पालिका अध्यक्ष कर्णबहादुर रावल, सिमकोट गाउँ पालिका अध्यक्ष पदमबहादुर लामा, नाम्खा गाउँ पालिका अध्यक्ष विष्णुबहादुर लामा लगाएतका व्यक्तीहरुको उपस्थित रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९