राज शाही सोमबार, आषाढ १४, २०७८ मा प्रकाशित

जिल्लाको एक गैर सरकारी संस्थाले कोरोना विरुद्धको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । उक्त सामाग्री खार्पुनाथ गाउँ पालिकालाई हस्तान्तरण गरिएको खवर प्राप्त भएको छ । जिल्लामा कोरोनाका संक्रमित वढ्दै गए पछि त्यसको रोकथामका लागी उक्त समाग्रि आधार बिकास हुम्लाले बितरण गरेको हो ।

वितरण गरिएका सामाग्रीहरुमा पल्स अक्सिमिटर ५ थान, के एन ९५ माक्स १ सय ५० थान, सर्जिकल माक्स ३ हजार थान, हेष्ड सेनिटाइजर ७ सय ५० मिलि लिटरका १० बोतल, हात धुन सावुन ४ सय ३२ थान, फेससिल ३० थान डिटोल लिकुट सावुन विस बोतल, एन्टिजिन किट १ सय थान रहेका छन् ।

आधार विकासको कार्यालयमा आयोजित १ कार्यक्रममा आधार विकासका शिक्षा अधिकृत कन्जोक लामाले खार्पुनाथ गाउँ पालिका अध्यक्ष कर्णबहादुर रावललाई हस्तान्तरण गरेका हुन । त्यसै गरी जिल्ला स्वास्थ्य कार्यालयलाई ५ सय एन्टिजिन किट सिमकोट गाउँ पालिकालाई २ सय र नाम्खा गाउँ पालिकालाई २ सय र खार्पुनाथ गाउँ पालिकालाई १ सय थान गरी जम्मा १ हजार थान एन्टिजिन किटहरु वितरण गरेको हो ।

उक्त कार्यक्रममा खार्पुनाथ गाउँ पालिका अध्यक्ष कर्णबहादुर रावल, सिमकोट गाउँ पालिका अध्यक्ष पदमबहादुर लामा, नाम्खा गाउँ पालिका अध्यक्ष विष्णुबहादुर लामा लगाएतका व्यक्तीहरुको उपस्थित रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९