राज शाही आइतबार, आषाढ १३, २०७८ मा प्रकाशित

हुम्ला

खार्पुनाथ गाउँपालिका हुम्लाले आगामी आर्थिक वर्षमा गाउँपालिकाको क्षेत्रका सबै नागरिकको स्वास्थ्य बिमा गर्ने भएको छ । गाउँपालिकामा जटिल रोगका बिरामी बृद्धि हुनु र आर्थिक अबस्था कमजोर भएपछि गाउँपालिकाले सबै नागरिकको स्वास्थ्य बिमा गर्न लागिएको हो ।

गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावलले असार १० गते घोषणा भएको बजेट तथा कार्यक्रमले पालिकाभित्रका सबै नागरिकको स्वास्थ्य बिमा गर्ने कार्यक्रमतय गरेको जानकारी दिए ।

खार्पुनाथ गाउँपालिकामा एक हजार पाँच सय घरधुरीको छ हजार ९ सय ११ जनसंख्या रहेको छ । स्वास्थ्य बिमा कार्यक्रम गर्नका लागि पाँच जना सदस्य भएको परिवारलाई तीन हजार पाँच सय रुपियाँ बिमा शुल्क लाग्ने गर्छ । अध्यक्ष रावलले सो बिमा शुल्क सबै गाउँपालिकाले तिरि दिने बताए ।

चालु आर्थिक वर्षमा उक्त गाउँ पालिकाले बस्ती बस्ती स्तरमा गरेको घुम्ती स्वास्थ्य शिबिर सञ्चालन गर्ने क्रममा गाउँ गाउँमा जटिल रोगका बिरामी फेला परेपछि नागरिकलाई आर्थिक व्यहभार कम गर्न स्वास्थ्य बिमा कार्यक्रम अगाडी सारेको हो ।

उनले बिरामीले उपचार गर्न समेत कठिनाई भएको देखिएपछि स्वास्थ्य बिमा गर्नु परेको बताए । यसका लागि गाउँपालिकाले ४२ लाख बजेट व्यवस्था गरेको छ । उक्त कार्यक्रम कार्यान्वयनमा आएपछि जिल्लामै सवै नागरिकको स्वास्थ्य बिमागर्ने पहिलो गाउँपालिका खार्पुनाथ हुनेछ । यो कार्यक्रमले सरकारको घरघरमा स्वास्थ्य बिमा पुर्याउने कार्यक्रमलाई पनि सघाउ पुर्याउनेछ ।

यसअघि जिल्लामा सिमकोट गाउँपालिकाको वडा नम्बर ५ ले पनि वडाका नागरिकका लागि स्वास्थ्य बिमा कार्यक्रम लागु गरि सकेको छ ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९