राज शाही बुधबार, आषाढ ०९, २०७८ मा प्रकाशित

स्वास्थ्य सेवा कार्यालय तथा जिल्ला स्तरीय कोभिड(१९, संकट नियन्त्रण तथा व्यवस्थापन DCCMC को कार्यमा सहयोग पुर्याउन स्वास्थ्य सेवा कार्यालय हुम्लबाट २०७८ बैशाख २९ गतेको माग र जेठ ९ गते आधार(नेपाल, हुम्लालाई गरेको माग र सिफारीस अनुसार संस्थाको आफ्नै खरीदमा ५ सय थान Antigen kits र अन्य स्वास्थ्य सामग्री तथा उपकरणहरूको व्यबस्थापन आधार(नेपालको समन्वय र पहलमा One Heart worldwide र Health Environment And Climate Action Foundation बाट सहयोगमा प्राप्त भएको हो आधार विकास हुम्लाले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायको समन्वय तथा रोहबरमा स्वास्थ्य सामग्रीहरू आधार (नेपालले  काठमाण्डौ नेपालगन्ज हुदै सिमकोटसम्म हवाई ढुवानी गरी जिल्ला विपद व्यबस्थापन समितिको संयोजक तथा प्रमुख जिल्ला अधिकारी मार्फत जिल्ला समन्वय प्रमुख र सिमकोट गाउँपालिका अध्यक्षको रोहवरमा स्वास्थ्य सेवा कार्यालय हुम्लालाई प्रदान तथा हस्तान्तरण गरियको आधार नेपालका शिक्षा अधिकृत कन्जोक लामाले बताएका छन् ।

वन हार्ड वल्डवाइट नामक संस्थाबाट  अकेसिजन कन्सेन्टर सँगै वटिरियस १० पिस, भोल्ट रेगुलर ३ पिस,  सरजिकल गोल्पस्स १४ बक्स, सर्कजिकल माक्स ५ हजार ५ सय थान, डिसपोजल गोलोप्स ५० पियर, हेण्ड सेनेटाइजस ५ बोतल लगायतका किर ४० देखि ४५ लाख बराबरको स्वास्थ्य सामाग्री सो संस्थाले सहयोग गरेको खवर प्राप्त भएको छ  ।

हेल्थ इन्भारोमेन्ट एण्ड कलाइमेन्ट एक्सन फाउन्डेसनबाट अक्सीजन कन्सेन्टर १० पिस, नसल अक्सिजन ट्युव २ सय पिस, एन ९५ माक्स १ हजार,  सरजिकल माक्स २ हजार लगाएत करिव ३० देखि ३५ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग उक्त संस्थाले गरेको हिक्षा अधिककृत लामाले बताएका छन् । त्यसै गरी आधार नेपाल हुम्लाले १ लाख ३६ हजार ७ सय ५० रुपैंया ढुवानीमा सहयोग गरेको अधिकृत लामाले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९