राज शाही आइतबार, आषाढ ०६, २०७८ मा प्रकाशित

सुत्केरी व्यथा लागेकी गर्भवती  हिलाको सातौं दिन पछि  उद्धार गरिएको छ । लगातार पानी परि रहेको भए पनि आईतबार बेलुका मौसममा केही सुधार आएपछि नेपाली सेनाको हेलिकोप्टरले उडान भरेपछि उनको उद्धार गरिएको हो । सात दिन अगाडी अस्पतालले जिल्ला बाहिर रिफर गरे पनि उद्धार हुन नसकेको गर्भवती महिलाको आईतवार बल्ल उद्धार भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयकी सिनियर अनमी सरिता बोहोराले बताएकी छन् ।

 

सेनाको सुर्खेतमा रहेको हेलिकोप्टर बाढी पहिरोको उद्धारमा लागेको कारण काठमाडौंबाट आएको हेलिले उनको सुर्खेत अस्पतालमा उद्धार गरेको हो । छैटौ दिनसम्म दैनिक बिहानबाटै हेलिकोप्टर आउने आशा गरे पनि खराव मौसमको कारण बेलुकासम्म नआएपछि आसैमरेको गर्भवती श्रीमान  जितेन्द्र रावतले बताएका छन । हेलिकोप्टर चट्नु अघि बल्ल हेलिकोप्टर आएर श्रीमातिको ज्यान बाँच्ने आशा पलाएको उनले बताए ।

यसअघि बिहानबाटै सुर्खेतबाट हेलिकोप्टर बोलाउने कार्य गरेपनि लगातारको वर्षाको कारण त्यो संभव हुन नसकेको नागरिक उड्डयान प्राबिधकरण सिमकोटले जनाएको छ । अस्पतालले छ दिन अगाडी जिल्लामा अप्रेशन गर्न संभव नहुने भएपछि जिल्ला बाहिर रिफर गरेको अस्पतालकी बरिष्ठ अनमी सरिता बोहराले बताईन । अस्पतालको सिफारिस आएर राष्ट्रपति महिला उत्थान कार्यक्रमसंग समन्वय गरेर उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टरको व्यवस्था भएको हो ।

सिमकोट गाउँपालिका वडा नम्बर ६ कि २७ वर्षकी जगतमाया रोकायालाई व्यथा लागेको र अस्पतालको प्रसुती गृहमा उपचार गर्दा रगत जम्ने कमी, गर्भवतीको पाठेघरमा पानीको मात्रा नहुँदा त्यसको अप्रेशन जिल्लामा गर्न नसकिने भएपछि जिल्ला बाहिर रिफर गरिएको थियो । अबस्था जटिल भएको कारण बाहिर रिफर गरिएको हो । लामो समय भएको कारण बच्चा  पेट भित्रै मरेको अस्पतालले जनाएको छ । उनलाई चिकीत्सकले असार २७ गते प्रसुति  हुने दिन दिएका थिए ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९