राज शाही शुक्रबार, आषाढ ०४, २०७८ मा प्रकाशित

हुम्ला

मुलुकी अपराध संहिता ऐनको दफा २ सय ७३ मा नाप्ने वा तौलने साधन सम्बन्धी व्यवस्था गरेको छ । जसमा नाप्ने वा तौलने साधन नक्कली बनाउन वा चलनगर्न नहुने भन्ने उल्लेख गरिएको छ।

सो दफा  (१) मा कसैले नाप्ने, तौलने वा गुणस्तर निर्धारण गर्ने कुनै साधन निर्धारित स्तर भन्दा घटी बढी हुने गरी बनाउन वा बनाउन लगाउन वा त्यसरी बनाएको नाप्ने, तौलने, गुणस्तर निर्धारण गर्ने साधन जानीजानी सक्कली सरह चलन गर्न वा चलन गर्ने नियतले राख्न वा बिक्री गर्न वा त्यस्तो साधनमा लगाउने छाप वा टाँचा नक्कली बनाउन वा नाप्ने, तौलने वा गुणस्तर निर्धारण गर्ने साधनको छाप वा टाँचा विगार्न वा अर्को कुनै साधनको मद्दतले त्यस्तो साधनको नाप्ने, तौलने वा गुणस्तर निर्धारण क्षमतामा प्रभाव पार्न वा त्यस्तो साधनमा नक्कली छाप वा टाँचा लगाउन वा अन्य कुनै उपाय द्वारा चलन चल्तीको नापवातौललाई घटी बढी हुन सक्ने बनाउन हुँदैन  भनिएको छ । सोही ऐनको दफा २ सय ७३ को उपदपा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्ष सम्म कैद र तीस हजार रुपैयाँ सम्म जरिबाना हुनेछ भनिएको छ ।

उपदफा (१) बमोजिम बनाएको, चलन चल्तीमा ल्याएको साधन, त्यसलाई बनाउने वा मर्मत गर्ने औजार समेत जफत हुनेछ भन्ने उल्लेख गरिएको छ । सोही ऐन को दफा २सय ७४ मा नाप्ने, तौलने वा गुणस्तर निर्धारण गर्ने साधन कपट पूर्ण प्रयोग गर्न नहुने भनिएको छ। कसैले कुनै व्यवसाय, कारोबार वा व्यापारको सिलसिलामा नाप्ने, तौलने वा गुणस्तर निर्धारण गर्ने साधन प्रयोग गर्नु पर्दा कानून बमोजिम त्यस्तो साधनको चलन चल्तीमा निर्धारण गरिएको नाप, तौल वा स्तर भन्दा घटी बढी हुने गरी कपटपूर्ण रुपमा प्रयोग गर्न, अर्को कुनै साधन वा उपायको मद्दतले त्यस्तो साधनको चलन चल्तीको नाप्ने, तौलने वा गुणस्तर निर्धारण गर्ने कुरामा प्रतिकूल प्रभाव पार्न हुँदैन भनिएको छ ।

बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्ष सम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ भनिएको छ । यसको हदम्याद थाहा पाएको मितिले ३ महिना राखीएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९