राज शाही मंगलबार, आषाढ ०१, २०७८ मा प्रकाशित

हुम्ला जिल्लाको निर्वाचन क्षेत्र क को चंखेली गाउँ पालिका वडा नं ३ निवास एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा हुम्ला जिल्ला चंखेली गाउँ पालिका वडा नं ३ मेखाला बस्ने वर्ष ५२ का हईते रोकाया रोकाया रहेका छन्   जिल्ला बाहिर उपचार गर्नका लागी हवाइ लिफ्टिङको निशुल्क व्यवस्थाका लागी जिल्ला स्वास्थ्य सेवा कार्यालयमा संक्रमितका आफन्तले निवेदन दिएका थिए ।

कोरोना संक्रमितका आफन्त हुम्ला जिल्ला चंखेली गाउँ पालिका वडा नं ३ निवासी नरेन्द्र ऐडीको निवेदन अनुसार हुम्ला जिल्ला चंखेली गाउँ पालिका वडा नं ३ मेखाला बस्ने वर्ष ५२ का हईते रोकायालाई कोरोना संक्रमित भई विगत २ दिन देखि मिमि स्वास्थ्य चौकीमा उपचार भइ रहेको तर स्वास्थ्यमा सुधार नआइ अक्सिजन लेवल ६० भन्दा तल झरेपछि मंगलबार मृत्यु भएको  जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताएका छन् ।

निज कोरोना संक्रमितको अवस्था गम्भिर भए पछि निसुल्क सुविधा सम्पन्न अस्पताल सुर्खेत सम्म पुर्याउनका लागी एर लिफ्टिङको लागी जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाले जिल्ला प्रशासन कार्यालय हुम्लालाई पत्राचार गरि रहेकै अवस्तामा निज रोकायाको मृत्यु भएको प्रमुख सिंहले बताएका छन् ।संक्रमितको आर्थिक अवस्था सारै कम्जोर रहेको आफन्त नरेन्द्र ऐडीले बताएका छन्  ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९