राज शाही मंगलबार, आषाढ ०१, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला जिल्लाको निर्वाचन क्षेत्र क को चंखेली गाउँ पालिका वडा नं ३ निवास एक जना कोरोना संक्रमितको अवस्था गम्भिर देखिएको छ । जिल्ला बाहिर उपचार गर्नका लागी हवाइ लिफ्टिङको निशुल्क व्यवस्थाका लागी जिल्ला स्वास्थ्य सेवा कार्यालयमा संक्रमितका आफन्तले निवेदन दिएका छन् ।

कोरोना संक्रमितका आफन्त हुम्ला जिल्ला चंखेली गाउँ पालिका वडा नं ३ निवासी नरेन्द्र ऐडीको निवेदन अनुसार हुम्ला जिल्ला चंखेली गाउँ पालिका वडा नं ३ मेखाला बस्ने वर्ष ५२ का हईते रोकायालाई कोरोना संक्रमित भई विगत २ दिन देखि मिमि स्वास्थ्य चौकीमा उपचार भइ रहेको तर स्वास्थ्यमा सुधार नआइ अक्सिजन लेवल ६० भन्दा तल झरेको खवर प्राप्त भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताएका छन् ।

निज कोरोना संक्रमितको अवस्था गम्भिर भए पछि निसुल्क सुविधा सम्पन्न अस्पताल सुर्खेत सम्म पुर्याउनका लागी एर लिफ्टिङको लागी जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाले जिल्ला प्रशासन कार्यालय हुम्लालाई पत्राचार गरेको प्रमुख सिंहले बताएका छन् ।संक्रमितको आर्थिक अवस्था सारै कम्जोर रहेको आफन्त नरेन्द्र ऐडीले बताएका छन्  ।

सम्बन्धित

ताजा अपडेट
जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बैशाख २२ गतेबाट
कक्षा १२ को २ परिक्षा केन्द्रमा ४ जना परिक्षार्थी अनुउपस्थि
करिव २ हप्ता अवरुद भएको 4 G सेवा मर्मत पछि संचालनमा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९