राज शाही शुक्रबार, जेठ २८, २०७८ मा प्रकाशित

हुम्ला

दुर्गमको हिमाली जिल्ला हुम्लामा ६ हजार भन्दा बढी नागरिकले कोरोना बिरुद्धको खोप लगाउन सफल भएका छन् । खोप अभियान सञ्चालन भएयता सरकारले प्राथमिकतामा राखेका वर्गका नागरिकहरुले सो खोप लगाएका हुन । कोरोना बिरुद्ध नेपालमा प्रयोगमा आएका कोभिसिल्ड र भेरोशिल खोप गरि ६ हजार २ सय ८८ जनाले खोप लगाएको स्वास्थ्य सेवा कार्यालय प्रमुख प्रेमबहादुर सिहले बताएका छन् ।

सिहका अनुसार यसमा कोभिसिल्ड खोप लगाउनेको संख्या ६ हजार २ सय १ जना र गत जेठ २५ गतेवाट कोरोना बिरुद्ध लगाउन लागिएको भेरोसेल खोप ८६ जनाले लगाएका छन् । यसमा कोरोना बिरुद्ध अग्रभागमा खटिएका जनशक्तिहरुले सो खोप लगाएका हुन ।

जिल्ला अस्पताल र सात वटै गाउँपालिकामा खोप लगाउने कार्य भएको थियो । कुल खोप लगाउने मध्य उनानसाठी दशमलव बैसट्टी प्रतिशत ५५ वर्ष माथिका जेष्ठ नागरिकहरुले सो खोप लगाएका छन । यसमा ५५ वर्ष माथिका खोप लगाउने नागरिकको संख्या ३ हजार ७ सय ७१ जना रहेका छन । ५५ वर्षदेखि ६५ वर्षका नागरिकलाई स्वास्थ्य सेवा कार्यालय र ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई सात वटै गाउँपालिकामा लगाउने कार्य भएको थियो ।

खोप लगाउनका लागि स्वास्थ्यकर्मीहरु नाम्खा गाउँपालिका– ६ को लिमी देखि चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकाका दुरदराजका  गाउँमा  पुगेका थिए । पहिलो चरणको खोप लगाउनका लागि स्वास्थ्यकर्मीमा समेत त्रासको अवस्था रहेको भएपनि अहिले सबै नागरिकलाई कोरोना बिरुद्धको खोप लगाउने आर्कषण वढ्दै गएको कारण माग धान्नै कठिन भएको प्रमुख सिंहले बताएका छन ।

 

फोनमा खोप लगाउनका लागि कुरा गर्ने देखि कार्यालयमा आएर खोप लगाई दिन आग्रह गर्नेको संख्या दिनप्रतिदिन बढी रहेको सिहले बताएका छन् । हालसम्म जिल्लामा कोरोना बिरुद्ध खोप लगाउनेको संख्या महिला भन्दा पुरुषको बढी रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९