राज शाही बिहिबार, जेठ २७, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

हिमाली जिल्ला हुम्लामा सुद्ध खानेपानीको पहुँच पुग्न थालेको छ । जिल्लाको एक गैर सरकारी संस्थाले खानेपानी सरसफाइका क्षेत्रमा कार्यक्रम संचालन गरी जिल्लाका ग्रामिण भेग सम्म खानेपानीको पहुँच पुर्याएको छ । यसै विच नाम्खा गाउँ पालिकाको वडा नं १ ताङगीनगाउँमा ग्रामिण जलश्रोत व्यवस्थापन परियोजना हुम्लाले हुम्लाका ग्रामिण भेगका जनतालाई सुद्ध खानेपानीको पहुँच पुर्याएको हो ।

नाम्खा गाउँ पालिकाको वडा नं  १ ताङगिन गाउँ निर्माण भएको ताङगिन खानेपानी तथा सरसफाइयोजनाको (ईन्टेक-१वटा, क्रसिङ-१ वटा (८५मि.), आरभिटि-१ वटा१४ घन मिटर., जकसन बक्स-४ वटा, स्कुल धारा-१, व्याक्तिगत धारा-४३ वटा, गुम्वा धारा-१वटा र जनावरलाई पानिखाने डुढ-१ बनाइएको ग्रामिण जलश्रोत व्यवस्थापन परियोजनाका जिल्ला सल्लाहकार विरेन्द्र थापाले बताएका छन् ।

ग्रामिण जलश्रोत परियोजनाले निर्माण गरेका खानेपानी संरचनाको नाम्खा गाउँ पालिका उपाध्यक्ष पेमा तामाङ, नाम्खा गाउँ पालिका वडा नं १ का वडा अध्यक्ष प्रेम लामा र जलश्रोत सल्लाहकार विरेन्द्र थापाबाट अन्तिम अनुगमन गरिएको छ । नाम्खा गाउँ पालिका वडा नं १ मा निर्माण भएका खानेपानी संरचनाको जनप्रतिनिधि, जलश्रोत कर्मचारी,  सरोकारवाला निकायले अनुगमनका क्रममा खानेपानीको भौतिक संरचना गुणस्तरीय भएको अनुगमन टोलीले ठम्याइ गरी सोही गाउँ पालिका उपाध्यक्ष पेमा तामाङको हातबाट उत्घाटन गरिएको बताइएको छ ।

जसको आर्थिक सहयोग नाम्खा गाउँ पालिका र ग्रामिण जलश्रोत परियोजना हुम्लाको रहेको आयोजनाको निमार्ण कार्य बैशाख १५ गते सम्पन्न भएको थियो ।  खानेपानी संरचनाको निर्माण भइ घर घरमा धारा पुगे पछि ताङगिन गाउँका स्थानियवासीले सुद्ध खानेपानीको उपभोग गर्न पाएको र खोलाको धमिलो पानी पिउनु पर्ने वाध्यताको अन्त्य भएको सोही वडाका वडा अध्यक्ष प्रेम लामाले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
बाजुराको गुम्बा गाउँका स्थानीय हुम्ला अन्तरगत मैला पञ्चायतमा
रेडियो कर्णाली आवाजको बार्षिक उत्सबमा जवाफ देहिता कार्यक्रम
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९