राज शाही बुधबार, जेठ २६, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

हिमाली जिल्ला हुम्लामा सुद्ध खानेपानीको पहुँच पुग्न थालेको छ । जिल्लाको एक गैर सरकारी संस्थाले खानेपानी सरसफाइका क्षेत्रमा कार्यक्रम संचालन गरी जिल्लाका ग्रामिण भेग सम्म खानेपानीको पहुँच पुर्याएको छ ।

यसै विच नाम्खा गाउँ पालिकाको वडा नं ३ लामागाउँमा ग्रामिण जलश्रोत व्यवस्थापन परियोजना हुम्लाले हुम्लाका ग्रामिण भेगका जनतालाई सुद्ध खानेपानीको पहुँच पुर्याएको हो ।   नाम्खा गाउँ पालिकाको वडा नं ३ लामागाउँमा इन्टेक २ वटा, डिसि २ वटा, आरभिटि ३ वटा, ४ हजार ८ सय १० घनमिटर, जकसन बक्स ६ वटा, स्कुल धारा १ वटा, व्यक्तिगत धारा ४६ वटा, सार्वजनिक धारा ४ वटा र जनावरलाई पानी खाने डुढ १  बनाइएको ग्रामिण जलश्रोत व्यवस्थापन परियोजनाका जिल्ला सल्लाहकार विरेन्द्र थापाले बताएका छन् ।

ग्रामिण जलश्रोत परियोजनाले निर्माण गरेका खानेपानी संरचनाको नाम्खा गाउँ पालिका अध्यक्ष विष्णुबहादुर लामा, नाम्खा गाउँ पालिका वडा नं ३ का वडा अध्यक्ष छेपाल लामा र जलश्रोत सल्लाहकार विरेन्द्र थापाबाट अन्तिम अनुगमन गरिएको छ ।

नाम्खा गाउँ पालिका वडा नं ३ मा निर्माण भएका खानेपानी संरचनाको जनप्रतिनिधि, जलश्रोत कर्मचारी,  सरोकारवाला निकायले अनुगमनका क्रममा खानेपानीको भौतिक संरचना गुणस्तरीय भएको अनुगमन टोलीले ठम्याइ गरी सोही गाउँ पालिका अध्यक्ष विष्णुबहादुर लामाको हातबाट उत्घाटन गरिएको बताइएको छ ।

जसको आर्थिक सहयोग नाम्खा गाउँ पालिका र ग्रामिण जलश्रोत परियोजना हुम्लाको रहेको आयोजनाको निमार्ण कार्य बैशाख १५ गते सम्पन्न भएको थियो ।  खानेपानी संरचनाको निर्माण भइ घर घरमा धारा पुगे पछि लामा खोल्सीका स्थानियवासीले सुद्ध खानेपानीको उपभोग गर्न पाएको र खोलाको धमिलो पानी पिउनु पर्ने वाध्यताको अन्त्य भएको सोही वडाका वडा अध्यक्ष छेपाल लामाले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९