राज शाही सोमबार, जेठ २४, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

जिल्लामा पहिलो पटक व्यवसायीक लसुन खेती सुरु गरिएको छ । लसुनको उत्पादन राम्रो हुने र आम्दानी पनि हुने भएपछि यसको व्यवसायीक खेती सुरु गरिएको हो ।

चार रोपनी जग्गामा पहिलो पटक लसुन खेती सुरु गरेको सिमकोट गाउँपालिका– ३ को लाङ्दु गाउँका छिमेल लामाले जानकारी दिएका छन् । यसअघि थोरै लगाउदा उत्पादन राम्रो हुने देखिएपछि अन्य बाली लगाउने जग्गामा लसुन लगाएको र खेती पनि राम्रो भएको हो ।

दुई जना परिवारका सदस्यहरुको कामै लसुनको रेखदेख र गोडमेल गर्ने कार्य भई रहेको बताउदै खेती हेरेरै आफु सन्तुष्ट भएको लामाले बताएका छन् । बेराजगार भएर बस्नु भन्दा केही काम गर्ने शोचको कारण लसुन खेतीमा लागेको बताउदै आम्दानी राम्रो हुनेमा उनी ढुक्क छन  । बिहान देखि बेलुकासम्म लसुन खेतीमा समय बिताउने लामाले नयाँ खेतीबाट शिक्षा भने राम्रो सिकेको उनले बताएका हुन । हुम्लामै उत्पादन भएको लसुनले माग धान्ने देखिएको छ ।

नेपालगंजबाट हवाई मार्गमा आयात हुने लसुनको मुल्य प्रतिकेजी चार सय रुपियाँ पर्ने गर्छ । तर जिल्लामै उत्पादन भएको लसुनको मुल्य पनि सस्तो र स्थानीयले काम पनि पाउदा दुवैतर्फ फाईदा हुने देखिएको कृषि प्राबिधिक नेत्र शाहीले बताएका छन । हुम्ला जिल्ला लसुन खेतीका लागि निक्कै उपयुक्त देखिएकोले किसानलाई आर्कर्षित गर्न सके आम्दानी बढाउने सकिने उनले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा
जिल्ला प्रशासन कार्यालयका सम्पुर्ण कार्यक्रम बहिस्कार
झुठ्ठा मुद्दा खारेजीको माग गर्दै हुम्लामा बिरोध प्रदर्शन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९