राज शाही सोमबार, जेठ २४, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

जिल्लामा पहिलो पटक व्यवसायीक लसुन खेती सुरु गरिएको छ । लसुनको उत्पादन राम्रो हुने र आम्दानी पनि हुने भएपछि यसको व्यवसायीक खेती सुरु गरिएको हो ।

चार रोपनी जग्गामा पहिलो पटक लसुन खेती सुरु गरेको सिमकोट गाउँपालिका– ३ को लाङ्दु गाउँका छिमेल लामाले जानकारी दिएका छन् । यसअघि थोरै लगाउदा उत्पादन राम्रो हुने देखिएपछि अन्य बाली लगाउने जग्गामा लसुन लगाएको र खेती पनि राम्रो भएको हो ।

दुई जना परिवारका सदस्यहरुको कामै लसुनको रेखदेख र गोडमेल गर्ने कार्य भई रहेको बताउदै खेती हेरेरै आफु सन्तुष्ट भएको लामाले बताएका छन् । बेराजगार भएर बस्नु भन्दा केही काम गर्ने शोचको कारण लसुन खेतीमा लागेको बताउदै आम्दानी राम्रो हुनेमा उनी ढुक्क छन  । बिहान देखि बेलुकासम्म लसुन खेतीमा समय बिताउने लामाले नयाँ खेतीबाट शिक्षा भने राम्रो सिकेको उनले बताएका हुन । हुम्लामै उत्पादन भएको लसुनले माग धान्ने देखिएको छ ।

नेपालगंजबाट हवाई मार्गमा आयात हुने लसुनको मुल्य प्रतिकेजी चार सय रुपियाँ पर्ने गर्छ । तर जिल्लामै उत्पादन भएको लसुनको मुल्य पनि सस्तो र स्थानीयले काम पनि पाउदा दुवैतर्फ फाईदा हुने देखिएको कृषि प्राबिधिक नेत्र शाहीले बताएका छन । हुम्ला जिल्ला लसुन खेतीका लागि निक्कै उपयुक्त देखिएकोले किसानलाई आर्कर्षित गर्न सके आम्दानी बढाउने सकिने उनले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९