राज शाही शुक्रबार, जेठ २१, २०७८ मा प्रकाशित

हुम्ला

स्वास्थ्यकर्मीलाई कुटपिट गरी अंगभंग तुल्याएमा, घाइते तुल्याएमा ३ वर्ष कैद र ३ लाखसम्म जरिवानाको प्रबन्ध गरिएको छ । कार्यस्थलमा हुलहुज्जत गरी, नारा, जुलुस, धर्ना आदि गरी उपचारमा अवरोध पुयाएमा, स्वास्थ्यकर्मीलाई गालीगलौज, दुव्र्यवहार, अभद्र व्यवहार गरेमा १ वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको प्रबन्ध गरिएको छ ।अस्पताल आगजनी गरे ३ देखि ५ लाख रूपैयाँसम्म जरिवाना र २ देखि ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था गरिएको कानुन न्याय तथा संसदीय मामिलामन्त्रालयले जनाएको छ  ।

अस्पताल र स्वास्थ्यकर्मीमाथिको आक्रमणका घटनाहरु बढ्दै गएपछि सरकारले स्वास्थ्यकर्मी र अस्पतालको सुरक्षाका लागि अध्यादेश जारी गर्ने निर्णय गरेको छ । बिहिवारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ संशोधन अध्यादेश जारीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

कार्यस्थलमा हुने आक्रमणका घटनालाई निमिट्यान्न तुल्याइ स्वास्थ्यकर्मी निर्वाध सेवामा संलग्न हुन पाउन र अस्पतालमाथि सुरक्षाको प्रत्याभूत होस् भनेर अध्यादेश जारी गर्न लागिएको सरकारले बताएको छ ।

 

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९