राज शाही बुधबार, जेठ १९, २०७८ मा प्रकाशित

हुम्ला

रोग पहिचान हुन नसकेको रोगले मौरीहरु मर्न थालेका छन् । हिमाली जिल्ला हुम्लामा स्थापित सरकारी तथा गैर सरकारी संघ संस्थाको सहयोगमा व्यवसायीक रुपमा मौरी पालन गरेका कृषकलाई पहिचान हुन नसकेको रोगले मौरीहरु मर्न थाले पछि मौरी पालनमा गरिएको लगानी खेर जान थालेको सिमकोट गाउँ पालिका वडा नं ७ निवासी गोइचे सिहले बताएका छन ।

जिल्लामा स्थापित घरेलु तथा कृषि विकास कार्यालय र अन्य संघ संस्थाले मौरी पालनको लागी तालिम दिइ सोही वमोजिम विगत १०।१५ वर्ष देखि मौरी पाल गर्दै आएकोमा यो वर्ष घारमा नै मौरी मर्न थाले पछि मौरी पालन व्यवसाय ओरालो लागेको मौरी पालक गोइचे सिहले बताएका छन् । हाल उनि संग ५० वटा मरीका घार मध्य ३२ वटा पुराना घार र १८ वटा आधुनी मौरीका घार रहेका छन् । सवैमा मौरी पालन व्यवसाय संचालन गर्दै आएकोमा १७ वटा घारमा रोग लागी मौरी घार भित्र मरे पछि उक्त व्यवसाय ओरालो लागेको सिहले बताएका छन । एक सिजनमा मौरीको मह बेचेर किरव २ लाख सम्म कमाइ भएको सिहले बताएका छन् ।मानाको ७ सयमा विक्रि गरेको उक्त रकम कमाइ गरेको सिहको भनाइ छ ।

न्युन आए श्रोत भएका सिह सोही मह वेचेर घर खर्च बालबच्चाको औषधी उपचार शिक्षा दिक्षा पालन पोषण गर्ने गरेको सिहको भनाइ रहेको छ । सरोकारवाला निकायले उक्त रोगको पहिचान गरी औषधी उपचार गर्न सकेको खण्डमा गरिवको रेखामुनी रहेका मौरी व्यवसायीको आर्थिक उपार्जनमा टेवा पुग्ने देखिएको छ । हैन भने जिल्लामा स्थापित सरकारी तथा गैर सरकारी संघ संस्थाले मौरी पालन सम्बन्धी लगानी बालुवामा पानी हाले सो सर हुने मौरी व्यवसायी गोइचे सिहलाई उद्रित गर्दै स्थानियवासी विरबहादुर सिहले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९