राज शाही मंगलबार, जेठ १८, २०७८ मा प्रकाशित

अन्दाजी ४३ वर्षका युवाको भिरको बाटोबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा सिमकोट गाउँ पालिका वडा नं २ ठेहे गाउँ निवासी रुनबहादुर बोहोरा रहेका छन् ।

यस अघि जेठ १५ गते खर्कमा गोठालो गएको अवस्थामा हराए पछि खोजी गर्दा १७ गते वेलुका भेटेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख हेरम्ब सर्माले बताएका छन् ।

सिमकोट गाउँ पालिका वडा नं २ ठेहे गाउँ  निजकै रहेको राता भिर भन्ने बाटोबाट लडेर करिव ५ सय मिटर तलको खोलामा मृत अवस्थामा भेटिएको प्रहरी नायव उपरिक्षक हेरम्ब सर्माले बताएका छन् ।

निजको आज हिन्दु धर्मानुसार अन्तिम दाहसंस्कार गरिएको छ । प्रहरी घटनास्थलमा पुगी घटनास्थलमा मुचुल्का गरी फर्किएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९