दाने बोहरा शुक्रबार, जेठ ०२, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला
करीब तीन महिना देखि स्थानीयको विरोधमा विवादीत बनेको राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर निर्माणलाई वहुमतका आधारमा निर्माण कार्य अगाडी बढाइने भएको छ ।

आजै वडा ४ र ६ को संयुक्त बसेको बैठकले पुरानै सिमकोट खार्पु खण्डको डिपिआर चोर बाटोबाट नै ल्याउने सहमति भएको वडा ४ का अध्यक्ष छविचन्द्र लामाले बताए । वडा पाँचका स्थानीयले विरोध गरेपछि तीन महिना देखि राष्ट्रिय गौरवको आयोजनाको निमाृण कार्य रोकिएको छ ।

कर्णाली करिडोर अन्र्तगत सिमकोट खार्पु खण्डको डिपिआर चोर बाटोबाट ल्याएको भन्दै स्थानीयले सडक निर्माण कार्य अगाडि नबढाउन माग गर्दै रिबोधमा उत्रिएका छन् । वडा ५ का ३१४ घरधुरीलाई सडकले नछोएको भन्दै उनीहरु विरोध गर्दै आएका हुन् ।

तीन महिना देखि सडक निर्माण कार्य रोकिदा वडा पाँचका जनता विकासको प्रतिफल पाउनबाट आफै बन्चित भएका हुन् । यहाँका नागरीक विकासमुखी हुन छोडेर विकास विरोधी भएको जस्तै देखिएको छ ।

केही दिन अगाडी सडक निर्माणलाई अगाडी बढाउनको लागी स्थानीय प्रशासनको अगुवाईमा स्थलगत रुपमा निरीक्षणका लागी निस्केपनि स्थानीयको विरोधपछि विना सहमतिमा टोली फिर्ता भएको थियो ।

सडक निर्माण रोकिदा जनता आफै प्रतिफल पाउनबाट बन्चित हुनुको साथै शुक्रबार वडा ४ र ६ को बसेको बैठकले पुरानै डिपिआरलाई सहमति दिने निर्णय समेत गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९