दाने बोहरा शुक्रबार, जेठ ०२, २०७७ मा प्रकाशित

हुम्ला
करीब तीन महिना देखि स्थानीयको विरोधमा विवादीत बनेको राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर निर्माणलाई वहुमतका आधारमा निर्माण कार्य अगाडी बढाइने भएको छ ।

आजै वडा ४ र ६ को संयुक्त बसेको बैठकले पुरानै सिमकोट खार्पु खण्डको डिपिआर चोर बाटोबाट नै ल्याउने सहमति भएको वडा ४ का अध्यक्ष छविचन्द्र लामाले बताए । वडा पाँचका स्थानीयले विरोध गरेपछि तीन महिना देखि राष्ट्रिय गौरवको आयोजनाको निमाृण कार्य रोकिएको छ ।

कर्णाली करिडोर अन्र्तगत सिमकोट खार्पु खण्डको डिपिआर चोर बाटोबाट ल्याएको भन्दै स्थानीयले सडक निर्माण कार्य अगाडि नबढाउन माग गर्दै रिबोधमा उत्रिएका छन् । वडा ५ का ३१४ घरधुरीलाई सडकले नछोएको भन्दै उनीहरु विरोध गर्दै आएका हुन् ।

तीन महिना देखि सडक निर्माण कार्य रोकिदा वडा पाँचका जनता विकासको प्रतिफल पाउनबाट आफै बन्चित भएका हुन् । यहाँका नागरीक विकासमुखी हुन छोडेर विकास विरोधी भएको जस्तै देखिएको छ ।

केही दिन अगाडी सडक निर्माणलाई अगाडी बढाउनको लागी स्थानीय प्रशासनको अगुवाईमा स्थलगत रुपमा निरीक्षणका लागी निस्केपनि स्थानीयको विरोधपछि विना सहमतिमा टोली फिर्ता भएको थियो ।

सडक निर्माण रोकिदा जनता आफै प्रतिफल पाउनबाट बन्चित हुनुको साथै शुक्रबार वडा ४ र ६ को बसेको बैठकले पुरानै डिपिआरलाई सहमति दिने निर्णय समेत गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका विकास आयोजनाको अनुगमन तथा निरिक्षण
रा. स्व. पा. द्धारा जनताका कुरा हामी सुन्छौ कार्यक्रम संचालन
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९