राज शाही मंगलबार, जेठ १८, २०७८ मा प्रकाशित

हुम्ला

मंगलबार विहान ट्रयाक्टर दुरघटना हुदा गाउँपालिकाका अध्यक्षको घरमा क्षेती पुगेको छ । क्षेती हुनेमा सिमकोट गाउँ पालिका अध्यक्ष पदमबहादुर लामाको रहेको छ ।

मंगलबार विहान ड्राइभरले ट्रयाक्टर नचलाइ खलासीले ट्रयाक्टर चलाउदा अनियन्त्रीत भइ सिमकोट गाउँ पालिका अध्यक्ष पदमबहादुर लामाको घरमा ठोकिदा घरको १३ फिट ४ इन्च लामो सटरलाई पुर्णरुपमा क्षेती पुगेको र घरको गारो अर्थात वाल थिलो थिलो र चिरा चिरा भएको घर मालिक पदमबहादुर लामाले बताएका छन् ।

उक्त ट्रयाक्टर आज विहान साढे नौ बजे अध्यक्षको घरमा ठोकिएको थियो । उक्त ट्रयाक्टर सिमकोट गाउँ पालिका वडा नं ७ बस्ने नेत्रबहादुर शाहीको रहेको र ट्रयाक्टरको नम्बर रहेको छ ।

भे १ त ९९६१ नम्बरको ट्रयाक्टर जिल्ला ट्राफिक कार्यालयले नियन्तणमा लिएको छ । घरको क्षेतीपुर्तीका लागी घर मालिका अध्यक्षका छोरा कुन्जोक छिरिङ लामाले जिल्ला प्रहरी कार्यालयमा निवेदन समेत दिएको खवर प्राप्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९