राज शाही सोमबार, जेठ १७, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

हिमाली जिल्ला हुम्लामा सामाजिक सुरक्षा भत्ता वितरणका लागी घर घरमा गइ खाता संचालन गर्न थालिएको छ । यसै विच हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा स्थापना भएको संग्रिला विकास वैक र सिमकोट गाउँ पालिकाका कर्मचारी सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने बालबालिका, जेष्ठ नागरीक, विधुवा र अपाङगहरुको खाता खोल्नका लागी घर घरमा पुगेका छन् ।

शोमबार सिमकोट गाउँ पालिकाको वडा नं २ ठेहेमा उक्त खाता संचालन गरिएको हाम्रा सहकर्मी दल सरा परियारले सम्बन्धित स्थलबाट जानकारी गराएकी छन् । जसमा जेष्ठ नागरिक १५ जना,बालबालिका ५ जना, विधुवा १ जना र अपाङग १ जना गरी २२ जनाको खाता संचालन गरिएको सहकर्मी परियारले बताएकी हुन। खाता संचालन टोलीले मंगलबार सोही गाउँ पालिका वडा नं १ दोजाम गाउँमा खोल्ने कार्यक्रम तय गरिएको छ ।

जसमा संग्रिला विकास वैंकका कर्मचारी र सिमकोट गाउँ पालिकाका कर्मचारीको संलग्नता रहेको छ । यसले गर्दा सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तीहरुलाई सहज हुने देखिएको छ । यातायातको पहुच नपुगेको हुम्ला जिल्लामा ३ घण्टा देखि १ दिन पैदल डिडेर सदरमुकाम सिमकोट पुग्नु पर्ने बालबालिका, जेष्ठ नागरीक, विधुवा र अपाङगहरुको वाध्यताको अन्त्य भएको छ ।

सम्बन्धित

ताजा अपडेट
बाजुराको गुम्बा गाउँका स्थानीय हुम्ला अन्तरगत मैला पञ्चायतमा
रेडियो कर्णाली आवाजको बार्षिक उत्सबमा जवाफ देहिता कार्यक्रम
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९