राज शाही आइतबार, जेठ १६, २०७८ मा प्रकाशित

हुम्ला

लगातार ३ दिनको अविरल वर्षाले जिल्लाको जनजिवन प्रभावित भएको छ । स्थानियवासीलाई खेतवारी, मेलापातो  जान र  गाइ, बस्तु, भेडा, बाख्रा चरिचरन क्षेत्रमा लिन समस्या भएको छ । त्यसै गरि जिल्लाका उच्च हिमाली भेगमा हल्का हिमपात समेत भएको छ ।

३ दिनको अविरल वर्षाले जिल्लाका साना देखि ठुला खोलमा पानीको बहाव बढेको छ । पानीको बहाव वढ्दा खोला तथा कर्णाली नदि नजिक बसोबास गर्ने मानिसहरु त्रसित भएका छन् । विगतका वर्षमा हुम्ला जिल्लामा खोला नजिक वसोबास गरेका गाउँ तथा बास स्थानमा पानी पसि पहिरो समेत गएको थियो ।

विगत १ महिना देखि दिन विराएर परेको पानीले जिल्लाका खोला तथा कर्णाली नदी नजिक भिरालो जमिनमा बसोबास गरेका वासिन्दाहरु पहिरो तथा बाढिले केही क्षेती पो गरिहाल्छकी भन्ने चिन्ताले रातीको समयमा जागराम बस्न थालेका छन् ।

स्थानिय प्रशासनले विश्वमा फैलिएको कोरोना भाइरसको माहामारि संगै अविरल वर्षाले पनि जिउ ज्यानको क्षेती गर्न सक्ने भएकाले त्यसतर्फ पनि सचेत हुन जानकारी गराएको छ । भिरालो जमिन खोला तथा कर्णाली नजिक छेउछाउमा वसोबास गरेकाहरु सजक रहन जानकारी समेत गराएको छ । जिल्लामा काँही वाढी पहिरो गइ जोखिम बढेमा नजिकको प्रहरी चौकी जनप्रतिनिधि लगाएत संचार माध्यमलाई जानकारी गराउन समेत आग्रह गरेको छ ।

यो अविरल वर्षाले खोलामा लगाइएका काठे साँघु समेत भत्काउदा मानिसहरुलाई आवत जावत गर्न समस्य भएका जिल्ला विभिन्न गाउँ पालिका बाट हाम्रा स्थानिय संवाददाताले खवर पठाएका छन् । ठुलै बाढी पहिरो नगए पनि सामान्य बाली लगाएका खेत बारीको तल माथिको जमिन भाँसिएको जसले गर्दा उब्जनी हुने खेतवारीमा क्षेती पुगेको कृषकले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९