राज शाही शनिबार, जेठ १५, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

जिल्लामा जारी निषेधाज्ञा पूनः थपिएको छ । जिल्ला भरि कोरोना संङ्क्रमितको संख्या दिनप्रति दिन बृद्धि हुने क्रम जारी रहेपछि निषेधाज्ञालाई थप गरेर अगामी जेठ २५ गतेसम्म लम्व्याईएको हो । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यका अनुसार कोरोना संङ्क्रमण बढी रहेको कारण हाल जारी निषेधाज्ञा दश दिन थप गरिएको छ । सदरमुकाम सिमकोट गाउँपालिका सहित छ वटा गाउँपालिकामा  कोरोरा संङ्क्रमण फैलिएपछि निषेधाज्ञालाई थप कडा बनाएर थप गरिएको हो ।

यसअघि गत जेठ ४ गतेबाट जारी रहेको एघार दिने निषेधाज्ञा शनिवार रातीबाट समापन हुँदैछ । सबै गाउँपालिकातिर एष्टिजिन किटको परिक्षण गर्दा कोरोना संङ्क्रमित बढी रहेको कारण पूनः निषेधाज्ञाको आबश्यकता खड्किएको उनले बताए । शनिवार बसेको जिल्ला कोभिड १९ व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा अबधि थप्ने निर्णय गरेको थियो ।

हुम्ला जिल्लामा गत वैशाख २१ गतेवाट निषेधाज्ञा लागु हुँदै आएको थियो ।  निषेधाज्ञामा बिरामी र सुरक्षाकर्मी बोकेका सवारी साधन, खाद्यान्न बोकेका सवारी साधन सञ्चालनमा आउन पाउनेछन् । त्यसैगरि अनुमति लिएर निर्माण सामाग्री बोकेका सवारी साधन पनि सञ्चालन हुन पाउनेछन् । सवै सरकारी तथा सार्वजनिक कार्यालयहरु २५ प्रतिशत कर्मचारीको व्यवस्था गरेर सञ्चालन आउने र बैंकहरु बिहान दश बजेदेखि दिउसो दुई बजेसम्म सञ्चालनमा आउनेछन् ।

कोरोना संक्रमणबाट ग्रीनजोन रहेको अबस्थामा एकाएक नेपालगंज र सुर्खेतबाट गत बैशाख १९ गते भित्रिएका आठ जना यात्रुमा कोरोना संक्रमण देखिएपछि हुम्ला जिल्लालाई निषेधाज्ञा जारी गरिएको हो । हवाई मार्गबाट खाद्यान्न, काग्रो र बिकास निर्माणका सामानहरु ढुवानी हुन पाउनेछन् ।

यो अबधिमा स्वास्थ्य, शान्ति सुरक्षा, सुचना तथा ञ्चार, खानेपानी, फोहोर मैला व्यवस्थापन, ग्याँस, पेट्रोलियम पदार्थ, खाद्य तथा दुग्ध पदार्थ , औषधी पसल, बैंकको एटिए सेवा भने सुचारु रहनेछन् । त्यसैगरि जनस्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालन गरि  दैनिक उपभोग्य बस्तु ( तरकारी, खाद्य, दुध, ग्याँस ) पसलहरु बिहान सात वजेदेखि १० वजेसम्म सञ्चालन गर्न पाईने छन् ।

यो अबधिमा हवाई यातायातबाट यात्रुहरु भने आउन पाउने छैनन् । वैठकमा समितिका सदस्यका साथै जिल्ला समन्वय प्रमुख दान बहादुर रावत, सिमकोट गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामा, र्खाुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावल र नाम्खा गाउँपालिकाका अध्यक्ष बिष्णु बहादुर लामा,  काँग्रेस सभापति जयति रोकाया, माओवादी केन्द्रका इन्चार्ज बिजय भण्डारी लगाएको उपस्थिती रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
बाजुराको गुम्बा गाउँका स्थानीय हुम्ला अन्तरगत मैला पञ्चायतमा
रेडियो कर्णाली आवाजको बार्षिक उत्सबमा जवाफ देहिता कार्यक्रम
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९