राज शाही शुक्रबार, जेठ १४, २०७८ मा प्रकाशित

हुम्ला

हिमाली जिल्ला हुम्लामा शिक्षा क्षेत्रको विकासलाई पहिलो प्राथामिकतामा राख्दै तिनै तहका सरकारले शिक्षामा ठुलो लगानी गर्न थालेका छन् । हुम्लामा सुविधा सम्पन्न नमुना आवशिय विद्यालय निर्माण हुने कार्य तिव्रगतिले भइ रहेका छन ।

हुम्ला जिल्लाको सदरमुकाम सिमकोटको मानसरोवर नमुना माध्यामिक विद्यालयमा सुविधा सम्पन्न नमुना आवशिय विद्यालयको आज सिलन्यास गरिएको छ । सिमकोट गाउँ पालिका अध्यक्ष पदमबहादुर लामाले उक्त विद्यालयको सिलन्यास गरेको सिमकोट गाउँ पालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत उजिर रोकायाले बताएका छन् ।

सुक्रबार सिलन्यास गरिएको मानसरोवर नमुना आवसिय विद्यालयमा १० कोठे २ तले सुविधा सम्पन्न भवन बन्ने भएको हो । संघिय सरकारको शिक्षा विभागको १ करोड २६ लाख आर्थिक सहयोग र सिमकोट गाउँ पालिकाको समन्वयमा उक्त भवन निर्माण हुने भएको हो ।

सो भवन निर्माण भएमा विद्यार्थीहरुले सोही विद्यालयमा बास वसी अध्यन गर्न सहज हुने देखिएको छ । जिल्लाका ग्रामिण भेगमा विद्यार्थी जिल्ला सदरमुकाम सिमकोटमा बसेर उच्च शिक्षा अध्ययन गर्न चाहेमा सोही भवनमा वसी पठन पाठन गर्न सक्ने छन् ।

खार्पुनाथ गाउँ पालिका वडा नं ४ सिता माध्यामिक विद्यालयमा नमुना आवशिय विद्यालय निर्माण धिन अवस्थामा रहेको सोही विद्यालयका प्रधानाध्यापक जुनराज हमालले बताएका छन्

 

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९