राज शाही बिहिबार, जेठ १३, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

कोभिड–१९ सङ्क्रमणको महामारीले स्थगित नभएको भए जेठ १३ गते देखि माध्यमिक शिक्षा परीक्षा (एसइई शुरु हुन्थ्यो । देशव्यापी रुपमा कोरोना महामारीको दोश्रो लहर फैलिएसँगै जारी भएको निषेधाज्ञा र भाइरसको प्रकोप बढ्दै गएपछि राष्ट्रिय परीक्षा बोर्डले वैशाख २७ गते अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरेसँगै परीक्षाको अन्योल छाएको छ ।

परीक्षाको अन्योल र महामारीको प्रकोपका कारण एसइई परीक्षाका लागि तयारी गरेका विद्यार्थीहरुमा मानसिक असर पर्न सक्ने त्रास पनि बढेको छ । एकातिर अब परीक्षा कहिले हुन्छ भनेर चिन्ता र अर्कोतर्फ कोरोना सङ्क्रमणबाट कसरी बच्ने भन्ने चिन्ताले परीक्षाको तयारीमा रहेका विद्यार्थी तनाबबाट गुज्रनु परेको छ ।

एसइईको भन्दा कोरोना भाइरसको त्रास बढी रहेको देखिन्छ । यतिखेर विद्यालयका प्रिन्सिपल, शिक्षक, शिक्षिकादेखि परीक्षाको तयारीमा रहेका धेरै विद्यार्थीहरुलाई कोरोना सङ्क्रमण भएको छ । यो विषम परिस्थितिमा कसरी परीक्षा हुन्छ भन्ने चिन्ता आम विद्यार्थीमा रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९